पुस १४, काठमाडौँ | नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा आज (बिहीवार) हेर्न नभ्याइनेमा राखिएको छ । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश बदर गरी पाउँ भन्दै सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
उच्च अदालतका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा बिहीवार पेशी तोकिएको थियो । पाँचौं नम्बरमा सुनुवाईको सूचीमा रहेको उनको मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।