२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ईपीएस मार्फत कोरिया जान ३७ हजारले भरे आवेदन

२०७९, १४ पुष बिहीबार ११:४८

पुष १४, काठमाडौँ | कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत कोरिया जान ३७ हजारभन्दा बढीले आवेदन फाराम भरेका छन् । सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्रतर्फ थप गरिएको ६ हजार कोटामा ३७ हजार २७७ जनाले आवेदन भरेका हुन् । 

इपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सन् २०२२ कै लागि कृषि तथा पशुपालन क्षेत्र तर्फको अतिरिक्त परीक्षाका लागि आवेदन भरिएको बताए । यही पुस ४ देखि पुस ८ गतेसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि अनलाइन फाराम भर्न आह्वान गरिएको थियो । आवेदन दिएकाहरूलाई १६ माघ २०७९ देखि २७ माघसम्म पहिलो चरणको परीक्षा हुनेछ । त्यसपछि ८ फागुन २०७९ देखि २६ फागुनसम्म दोस्रो चरणको परीक्षा हुनेछ । 


सन् २०२२ का लागि कृषि तथा पशुपालनतर्फ तोकिएको कोटाभन्दा कम पास भएका थिए । त्यसपछि अहिले सन् २०२२ कै लागि थप माग गरिएको हो । प्रत्येक चरणको भाषा परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूको मात्र सोही चरणको लागि सीप परीक्षण (स्किल टेष्ट) हुनेछ । सीप परीक्षणमा उचाइ, तौल, दृष्टि लगायतका कुराहरू परीक्षण गरिनेहरू परीक्षण गरिनेछ । प्रत्येक चरणको भाषा परीक्षा र सीप परीक्षण सम्पन्न भएपछि मात्रै अन्तिम नतिजा प्रकाशित गरिने शाखाले जनाएको छ । 

यसअघि सन् २०२२ मा छनौटमा परेका नेपाली कामदारहरू कोरिया जाने क्रम जारी रहेको छ । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रका लागि छनौटमा परेका कामदारहरू कोरिया जाने क्रम जारी रहेको निर्देशक कटुवालले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट