२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिमा पनि धेरै फउल खेले रेडकार्ड पाउँछ: ओली

२०७९, १७ पुष आईतवार ११:०५

पुस १७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिमा पनि धेरै फउट खेल्नेले रेडकार्ड पाउने बताएका छन्।

मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवसमा आज काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले फउल खेल्नेलाई राजनीतिमा पनि रेडकार्ड दिइने उल्लेख गरेका छन्।

‘राम्रो खेलाडीले अनुशासनमा रहेर खेल्छ। नराम्रो खेलाडीले खुट्टामा हान्छ, पोस्टमा हान्न सफल हुँदैन,’ फुटबलर मेसी, एम्बाप्पे, रोनाल्डो लगायतको उदाहरण दिँदै ओलीले भने, ‘जसले फउल खेल्दैन उसले गोल हान्छ। अर्थात् हामीलाई चाहिएको समाज फउल नखेल्ने समाज हो।’


ओलीले राजनीतिमा पनि फउल खेल्न नहुने बताए।

‘राजनीतिमा पनि फउल खेल्न हुँदैन। फउल खेल्यो भने एल्लो कार्ड, कहिलेकाहीँ त रेडकार्ड नै दिएर आउट गरिन्छ, सफल हुन अनुशासित भई निष्पक्ष तरिकाले खेल्नुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले मन्त्रिपरिषद विस्तार हुन केही समय लाग्ने संकेत पनि गरेका थिए।

एमालेसहित ७ दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले प्रधानमन्त्री छन्। उनले ८ मन्त्रीमात्रै बनाएका छन्, मन्त्रिपरिषद विस्तार हुन सकेको छैन।

ओलीले अहिले खेलकूदमन्त्री नभएको र केही दिनपछि मन्त्रिपरिषद विस्तार हुने बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट