२०८३, २ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबारे अनिर्णित एकीकृत समाजवादीले वामपन्थी एकतालाई जोड दिने

२०७९, १९ पुष मंगलवार १०:३२

पुस १९, काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले वामपन्थी शक्तिहरुसँगको एकता प्रक्रियालाई तीव्रता दिने भएको छ । मंगलबार सम्पन्न सो पार्टीको पोलिटब्युरो बैठकले वामपन्थी एकता, सहकार्य र मोर्चा निर्माणबारे ठोस पहलकदमी गर्न पार्टी केन्द्रीय सचिवालयलाई जिम्मेवारी दिएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

साे पार्टीले सरकारबारे भने अनिर्णयको बन्दी बनेको छ । ४ दिनसम्म बसेको स्थायी समिति र पोलिटब्युरो बैठठकले सरकारबारे कुनै धारणा बनाउन नसकेको हो । बरु उसले अनिर्णयको बन्दी बन्दै सचिवालयलाई पञ्छाएको छ । 


समाजवादीले जनता समाजवादी पार्टी (जसपा) देखि अन्य राजनीतिक दल र समूहसँग वार्ता र संवाद गर्दै एकता प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । ‘हामी वामपन्थी धारमा रहेका सबैलाई एकताबद्ध बनाएर हाम्रो नेतृत्वमा अघि बढाउने प्रयासमा छौँ, जसपामात्रै होइन अरू दलहरू पनि हुन सक्छन्’, खतिवडाको भनाइ छ । उनले एमाले, माओवादीका साथै अरू वामपन्थी व्यक्ति र साना समूहहरूसँग समेत एकता गरिने भन्दै सवैसँग छलफल र कुराकानी गर्ने बताए । 

‘व्यक्ति वा साना समूह पनि हुन सक्छन्, अव हामी यो दिशामा अघि बढ्छौ’, खतिवडाको भनाइ छ । केही समयअघि एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाललगायतका नेताहरूसँग पनि छलफल गरेको थियो । तर भुसालसँग छलफल भएपनि उनले समाजवादी प्रवेश गर्ने नगर्ने निर्णय गरिनसकेको जनाएको छ । 

बैठकमा १२० भन्दा बढी केन्द्रीय सदस्यहरु भोट हाल्न नगएको र उनीहरूलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठेपनि त्यसको तथ्य र रेकर्ड नभएको प्रचार विभाग प्रमुख खतिवडाले बताए । ‘यो पुष्टि हुने तथ्य र रेकर्ड हामीसँग छैन’, खतिवडाको भनाइ छ । तर पोलिटब्युरो बैठकमा सचिव रामकुमारी झाँक्री र नेता मुकुन्द न्यौपानेले पार्टी नीति विपरीत गतिविधि गरेको भन्दै नेताहरूले प्रश्न उठाएका थिए । त्यसक्रममा उनीहरुले १२० भन्दा बढी केन्द्रीय सदस्य नै गत निर्वाचनमा भोट हाल्न नगएकाले उनीहरुमाथि छानबिन हुनुपर्ने धारणा राखेका थिए । 

एकीकृत समाजवादीले वर्तमान सरकारप्रति मौन बस्ने नीति लिएको छ । उसले आफ्नो पार्टीलाई सरकारमा आउन र समर्थन गर्न अहिलेसम्म कुनै प्रस्ताव नआएको भन्दै मौन बस्ने नीति लिएको हो । यदि प्रस्ताव आएपनि उसका प्रस्ताव हेरेर मात्रै सरकारमा जाने नजाने र समर्थन गर्ने नगर्नेबारे निर्णय गर्ने समाजवादीको तयारी छ । ‘प्रस्ताव आएपनि प्रस्ताव हेरेर, उसले गर्नसक्ने सम्भावना र एजेण्डा हेरेरमात्रै निर्णय हुन्छ’, खतिवडाले भने, ‘सरकार आज आफै बहुमतमा छ । उसले हामीसँग छलफल परामर्श गर्नुपर्छ नै भन्ने पनि छैन ।’ समाजवादीले सरकारबारे पार्टीमा औपचारिक रूपमा छलफल गर्ने कुरा नै नभएकाले बैठकमा त्यसबारे प्रवेश गर्ने नपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन दमकमा नेपाली खाना पकाउने प्रतियोगिता सहित फुड फेस्टिभल सुरु, ६६ जना प्रतिष्पर्धी सहभागी कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक सात खर्ब ५५ अर्ब पुग्यो बेरुजु अनुदानमा उपलब्ध गराएको रासायनिक मलको कालोबजारी गर्नेलाई कारबाही गरिने नयाँ सामग्री खरिद नगर्न निर्देशन मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु राष्ट्रपति पौडेलसँग राष्ट्रसंघीय प्रतिनिधिको भेट सुनचाँदीको मूल्यमा गिरावट