१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतमा १५ दिनभित्रै रुसका तेस्रो व्यक्तिको रहस्यमयी मृत्यु

१९ पुष २०७९, मंगलवार ११:०६

पुस १९, काठमाडौँ । भारतको तटीय राज्य ओडिशामा एक रुसी नागरिकको शव फेला परेको छ । पछिल्लो १५ दिनमा ओडिशामा मृत्यु हुने उनी रुसका तेस्रो नागरिक हुन् ।

प्रहरीका अनुसार उनको मृत्युको कारण भने खुल्न सकेको छैन । यसअघि पनि एक सांसदसहित दुई जनाको मृत्युमा पनि ‘रहस्यको घेरा’ रहेको छ ।

ओडिशा प्रहरीले मंगलबार एक रुसी व्यक्तिको शव फेला पारेको बताएको छ, जसको पहिचान मिल्याकोभ सर्गेईको रुपमा भएको छ ।


जगतसिंहपुर जिल्लाको पारद्वीप बन्दरगाहमा रहेको एक जहाजमा यी व्यक्तिको शव भेटिएको हो । ५१ वर्षीय सर्गेइ एमबी अलदनाह शिपका मुख्य इन्जिनियर थिए । 

यो जहाज मुम्बईबाट पारादीप बन्दरगाह हुँदै बंगलादेशको चटगाउँ बन्दरगाह जाँदै थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार सर्गेई बिहान ४ः३० बजे आफ्नो चेम्बरमा मृत फेला परेका थिए । सर्गेईको मृत्युको कारण भने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन ।

रुसी इन्जिनियरको मृत्यु भएको पुष्टि गर्दै पारादीप पोर्ट ट्रष्टका अध्यक्ष पीएल हरानन्दले यस विषयमा अनुसन्धान भइरहेको बताए ।

यसअघि डिसेम्बरको अन्तिम दिनमा ओडिशाको रायगडा सहरमा दुई रुसी पर्यटकको रहस्यमय मृत्यु भएको थियो ।

यी व्यक्तिहरूमध्ये एक सांसद पावेल एन्टोनोभ (६५ वर्ष) थिए, जो रुसी राष्ट्रपति पुटिनको आलोचक मानिन्छन् । डिसेम्बर २४ मा होटलको तेस्रो तलाबाट खसेर उनको मृत्यु भएको थियो ।

पावेल एन्टोनोभको मृत्यु हुनुभन्दा दुई दिनअघि उनका साथी भ्लादिमिर बिदेनोभको २२ डिसेम्बरमा मृत्यु भएको थियो । ओडिशा प्रहरीले यी दुवै घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह