असोज १, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न भईसकेको अधिकांस घरको प्रमाणपत्र दिन हम्मेहम्मे परेको छ । निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न भईसकेको अधिकांस घरको प्रमाणपत्र दिन हम्मेहम्मे परेको छ । निर्माण"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका ८०% घर मापदण्ड बिपरित, यस्ता घरलाई के हुन्छ ?

२०७३, २ आश्विन आईतवार ०२:५८

असोज १, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न भईसकेको अधिकांस घरको प्रमाणपत्र दिन हम्मेहम्मे परेको छ । निर्माण भएका ८५ प्रतिशत घरहरु महानगरपालिकाको मापदण्ड बिपरित बनेको कारण त्यस्ता मापदण्ड बिपरितका घरले निकै समस्या झेल्नु पर्ने देखिन्छ ।

काठमाडौँ महानगरपालिकाले गत असोजदेखि निर्माण सम्पन्न घरहरुलाई प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका धेरै निवेदन आउने गरेको छ तर अधिकांश घरहरु मापदण्ड बिपरित र नक्सा पास नगरी बनेको कारण निर्माण भएका घरहरुको प्रमाणपत्र दिन समस्या भएको नक्सापास महाशाखा प्रमुख राम थापा बताउँछन् ।

कामपाले प्रमाणपत्र लिन महानगरले तोकेको मापदण्डानुरुप भवन निर्माण गरेको एक वर्षभित्र निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । तर अहिले निवेदनका लागि आउनेमध्ये १५-२०% ले मात्र प्रमाणपत्र पाउने गरेको महानगरले जनाएको छ ।

मापदण्ड बिपरित बनेका घरलाई के हुन्छ ?  

मापदण्ड बिपरित बनेका घरहरु आफैमा असुरक्षित हुन्छन त हुन्छन नै तर त्यसको अलावा उनीहरुमाथि महानगरपालिकाले गर्ने ब्यबहार पनि फरक हुन्छ । महानगरपालिकाको प्रमाणपत्र नलिएका हुनेले बिजुली, खानेपानी र बैंकबाट ऋण लिने लगायतको सुविधा पाउनेछैनन् । त्यस्तै प्रमाणपत्र नभएकाहरुको घरको बिमा पनि नगर्ने बिमा समितिको निर्णय छ । 

त्यस्तै महानगरका एक कर्मचारीका अनुसार मापदण्ड बिपरित बनेका घरहरुले कुनै सरकारी योजनामा परेको अवस्थामा समेत उपयुक्त मुवाब्जा समेत पाउँदैनन् । त्यस्तै फोहोर व्यवस्थापन र अन्य सरकारी काममा पनि समस्या पर्छ । यति मात्र हैन, नगरपालिका भित्र आचार सँहिता उल्लङ्घन गरी निर्माण गरिएका कुनै पनि भवनको बिरुद्धमा नगरपालिकाले जस्तोसुकै कारवाही गर्न सक्छ वा भवन भत्काउने र जरिवाना समेत तिराउन सक्छ ।

तर नियामानुसार वि.सं २०५० भन्दा अघि बनेका घरका लागि भने निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिएको भएपनि महानगरपालिकाबाट प्राप्त हुने सबै सेवा-सुविधाहरु घरधनीले पाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु