असोज १, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न भईसकेको अधिकांस घरको प्रमाणपत्र दिन हम्मेहम्मे परेको छ । निर्माण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज १, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न भईसकेको अधिकांस घरको प्रमाणपत्र दिन हम्मेहम्मे परेको छ । निर्माण"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौंका ८०% घर मापदण्ड बिपरित, यस्ता घरलाई के हुन्छ ?

२ आश्विन २०७३, आईतवार ०२:५९

असोज १, काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई निर्माण सम्पन्न भईसकेको अधिकांस घरको प्रमाणपत्र दिन हम्मेहम्मे परेको छ । निर्माण भएका ८५ प्रतिशत घरहरु महानगरपालिकाको मापदण्ड बिपरित बनेको कारण त्यस्ता मापदण्ड बिपरितका घरले निकै समस्या झेल्नु पर्ने देखिन्छ ।

काठमाडौँ महानगरपालिकाले गत असोजदेखि निर्माण सम्पन्न घरहरुलाई प्रमाणपत्र अनिवार्य गरेसँगै प्रमाणपत्र लिनका धेरै निवेदन आउने गरेको छ तर अधिकांश घरहरु मापदण्ड बिपरित र नक्सा पास नगरी बनेको कारण निर्माण भएका घरहरुको प्रमाणपत्र दिन समस्या भएको नक्सापास महाशाखा प्रमुख राम थापा बताउँछन् ।

कामपाले प्रमाणपत्र लिन महानगरले तोकेको मापदण्डानुरुप भवन निर्माण गरेको एक वर्षभित्र निवेदन दिनुपर्ने कानुनी व्यवस्था छ । तर अहिले निवेदनका लागि आउनेमध्ये १५-२०% ले मात्र प्रमाणपत्र पाउने गरेको महानगरले जनाएको छ ।

मापदण्ड बिपरित बनेका घरलाई के हुन्छ ?  

मापदण्ड बिपरित बनेका घरहरु आफैमा असुरक्षित हुन्छन त हुन्छन नै तर त्यसको अलावा उनीहरुमाथि महानगरपालिकाले गर्ने ब्यबहार पनि फरक हुन्छ । महानगरपालिकाको प्रमाणपत्र नलिएका हुनेले बिजुली, खानेपानी र बैंकबाट ऋण लिने लगायतको सुविधा पाउनेछैनन् । त्यस्तै प्रमाणपत्र नभएकाहरुको घरको बिमा पनि नगर्ने बिमा समितिको निर्णय छ । 

त्यस्तै महानगरका एक कर्मचारीका अनुसार मापदण्ड बिपरित बनेका घरहरुले कुनै सरकारी योजनामा परेको अवस्थामा समेत उपयुक्त मुवाब्जा समेत पाउँदैनन् । त्यस्तै फोहोर व्यवस्थापन र अन्य सरकारी काममा पनि समस्या पर्छ । यति मात्र हैन, नगरपालिका भित्र आचार सँहिता उल्लङ्घन गरी निर्माण गरिएका कुनै पनि भवनको बिरुद्धमा नगरपालिकाले जस्तोसुकै कारवाही गर्न सक्छ वा भवन भत्काउने र जरिवाना समेत तिराउन सक्छ ।

तर नियामानुसार वि.सं २०५० भन्दा अघि बनेका घरका लागि भने निर्माण सम्पन्न भएको प्रमाणपत्र नलिएको भएपनि महानगरपालिकाबाट प्राप्त हुने सबै सेवा-सुविधाहरु घरधनीले पाउन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य