२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रेखालाई उपराष्ट्रपति बनाएर शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास असफल

२०७९, २१ पुष बिहीबार ०९:०१

पुस २१, काठमाडौँ | नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्मालाई राजीनामा गराएर एमाले महासचिव शंकर पोखरेललाई उपचुनाव लडाउने प्रयास तत्काललाई रोकिएको छ ।

नेकपा एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँगै दाङ–२ बाट निर्वाचित शर्मालाई राजीनामा गराउने र पोखरेललाई उपचुनाव लडाएर सांसद ल्याउने प्रयास भएको थियो ।

४ मंसिरमा भएको चुनावमा शर्माले पोखरेललाई १९३ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्य चुनिएकी थिइन् । उनी माओवादी केन्द्रबाट प्रत्यक्ष निर्वाचित एक्लो महिला सांसद हुन् । तर संसदको अधिवेशन सुरु नहुँदै उनलाई राजीनामा गराउने प्रयास भएको खुलेको छ ।


स्रोतका अनुसार प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एमालेका ओली दुबैले रेखासँग छलफल समेत गरेका थिए ।

ओलीले बालकोटस्थित निवासमै बोलाएर रेखालाई सांसद पदबाट राजीनामा दिन र उपराष्ट्रपति बन्न प्रस्ताव राखेका थिए । तर रेखाले राजीनामा दिन अस्वीकार गरेकी छन् । दाङ–२ का मतदाताले विकासका काम गर्ने शर्तमा आफूलाई चुनावमा जिताएर पठाएको भन्दै उनले त्यो जिम्मेवारी पूरा नगरेसम्म दायाँ–वायाँ गर्ने छुट नभएको जवाफ दिएकी छन् ।

ओलीले पार्टी महासचिव पोखरेललाई संसदमा ल्याउन चाहेको बुझेपछि प्रधानमन्त्री प्रचण्डले पनि रेखासँग छलफल गरेका थिए । प्रचण्डले एमाले–माओवादीसहितको सरकार भएकाले शक्ति सन्तुलन मिलाउनका लागि राजीनामा दिएर सहयोग गरिदिन आग्रह गरेका थिए । उनले पनि उपराष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

रेखाले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई पनि दाङ–२ को आवश्यकता एकातिर र आफू अर्कोतिर हिंड्न नसक्ने जवाफ दिएकी छन् । ‘मलाई जनताले उपराष्ट्रपति बनोस् भनेर जिताएर पठाएका होइनन्, सुविधायुक्त सडक, धारा, पानी, बिजुली, स्कुल, शिक्षा, स्वास्थ्यको न्यूनतम आवश्यकता पूरा गर्छे कि भनेर पठाएका हुन् । मप्रतिको त्यो आड भरोसा र विश्वास टुट्न नदिन पहल गर्छु भन्नुभयो, प्रचण्ड निकट स्रोतले भन्यो ।

माओवादीका एक पदाधिकारीले पनि रेखालाई राजीनामा गराएर एमाले महासचिवलाई संसदमा ल्याउने प्रयास भएको स्वीकार गरे । नाम उल्लेख नगर्ने शर्तमा एक पदाधिकारी भन्छन्, ‘कुराकानी भएको हो, अब त्यो च्याप्टर क्लोज भइसक्यो ।’ आफूले राजीनामा नदिने भनेर शीर्ष नेताहरुलाई भनेकाले आफ्नो तर्फबाट त्यो सम्भावना सकिइसकेको उनको भनाइ छ ।

एमाले महासचिव पोखरेलले भने उपचुनाव लडेर सांसदमा आउने विषय आफूले नसोचेको बताएका छन् । उनले भने, ‘उपनिर्वाचन हुनलाई पहिले त ठाउँ खाली हुनुपर्‍यो, परिस्थिति बन्नुपर्‍यो । त्यो अहिलेको जनादेश पनि होइन ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो