2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विषालु कफ सिरप: ८९ बच्चाको मृत्यु, नेपालमा पनि प्रयोग हुन्छ

पुस २९, काठमाडौँ । एजेन्सी । यदि तपाइले चिकित्सकको सल्लाहबिना कफ सिरप किन्दै हुनुहुन्छ भने यो ज्यानै लिने जोखिमयुक्त औषधि हो । यसको प्रयोग नेपालमा पनि हुने गरेको कारण सतर्कता अपनाउनुपर्ने देखिएको छ ।

धेरै मुनाफा कमाउने उदेश्यले कफ सिरपमा एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोल नामका लिक्विड केमिकल्स मिसावट गरिएको छ । भारतीय कफ सिरप पीएकै कारण पछिल्लो केहि महिनामा गामिविया र उज्बेकिस्तानका ८९ बच्चाको ज्यान गएको छ । भारतमा समेत यो औषधिको प्रयोगले  अलग-अलग स्थानमा ७३ जनाको मृत्यु भएको छ । 

विश्व स्वास्थ्य संगठन ‘WHO’ ले भारतीय औषधि कफ सिरप प्रयोगलाई लिएर चेतावनी दिएको अवस्था छ । WHO ले आफ्नो अनुसन्धानमा दुवै कफ सिरप AMBRONOL र Doc-1 Max लाई असुरक्षित ठहर गरेको छ । जसको प्रयोगले बच्चामा गम्भीर समस्या वा मृत्यको जोखिम रहेको बताएको छ । उज्बेकिस्तानस्थित हेल्थ मिनिस्ट्रीले १९ जना बच्चाको मृत्युलाई लिएर गत २९ डिसेम्बर २०२२ मा प्रेस बक्तव्य जारी गरेको थियो । जसमा बच्चाको मृत्युलाई लिएर दुई कारण बताइएको थियो । 

पहिलो कारण – बच्चालाई बढी औषधिको मात्रा दिईयो ।

दोश्रो कारण- कफ सिरपमा बिषालु एथिलीन ग्लाइकोल छ ।

उक्त प्रेस बक्तव्यमा सबै बच्चालाई डाक्टरको सल्लाह बमोजिम औषधि दिएको कारण बच्चाहरुको ज्यान गएको बताइएको थियो । तर बच्चाका अभिभावकहरुले फार्मेसी विक्रेताहरुको सलाहमा Doc-1 Max सिरपको प्रयोग गलत तरिकाले एंटी कोल्डको रुपमा प्रयोग गरे । यसै कारण कफ सिरप प्रयोग गर्ने बच्चाहरुको अवस्था गम्भीर भयो र १९ जनाको मृत्यु भयो । 

अनुसन्धानकर्ताहरुको अनुसार Doc-1 Max सिरपमा एथिलीन ग्लाइकोल मिसाइएको हुन्छ । एथिलीन ग्लाइकोल विषालु पदार्थ हो । एक किलोग्राममा १ वा २ मिलिलिटर मात्र एथिलीन ग्लाइकोल मिसाउँदा पनि यसले मानिसको मृत्यु गराउँछ । जसको सेवनले बिरामीलाई उल्टी हुने, बेहोश बन्ने, ऐठन हुने, मुटु सम्बन्धि समस्या र मृगौला फेलसम्मको खतरा हुन्छ । 

गत अक्टोबरमा WHO ले खोकीको औषधिमा चार नमुना एथिलीन ग्लाइकोल र डायथिलीन ग्लाइकोलको उपस्थिति बिषालु पदार्थको रूपमा चित्रित गरेको थियो । एथिलीन ग्लाइकोल एक रंगहीन र गंधहीन अल्कोहलिक कम्पाउन्ड हो, जसको सेवनले ज्यान जान सक्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई