2026-06-19 04:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन

माघ १३, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको राजीनामा माग्दै शुक्रबार बिहान पुत्ला जलाएको छ। शिक्षामन्त्री खनालले निजी विद्यालयलाई पोसेको, गरिब डसेको आरोप लगाउँदै उनको पुत्ला जलाइएको हो। 

कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छपाइ गर्न निजी क्षेत्रलाई दिने शिक्षामन्त्री खनालले निर्णय गरेपछि विद्यार्थी संगठन विरोधमा उत्रिएको हो।

निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाउन दिएर घुस खान यस्तो निर्णय गरेको र यसले झनै विद्यार्थीलाई महँगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था सिर्जना गर्न खोजेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले दाबी गरे। उनले मन्त्रीको निर्णय आफूहरुले स्वीकार्न नसक्ने बताए।


प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पस (आरआर) अगाडि एकीकृत समाजवादीका विद्यार्थी नेताहरु जुलुससहित मन्त्री खनालको पुत्ला जलाउँदै नाराबाजी गरेका थिए। उनीहरुले शिक्षामन्त्री खनाल भ्रष्ट भएको आरोप लगाएका छन्। 

अध्यक्ष पराजुलीले जनक शिक्षा सामग्रीमा भएको अनियमितता हटाउनुको साटो मन्त्रीले निजी क्षेत्रलाई पुस्तक छपाउन दिई कमिसन खान लागेको आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी