असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सात वर्षदेखि बन्द ‘नेपाल औषधि लिमिटेड’ पुनः सञ्चालनमा आउने

३ आश्विन २०७३, सोमबार ११:०७

असोज ३, काठमाडौँ । करिब सात वर्षदेखि बन्द रहेको सरकारी स्वामित्व रहेको नेपाल औषधि लिमिडेट पुनः सञ्चालनमा आउने भएको छ । 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो उद्योगलाई पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको हो । विसं २०२९ मा स्थापना भएको उद्योगले विसं २०६० सालसम्म १२० प्रकारका औषधि उत्पादन गर्दै आएकामा विसं ०६७ मा पूर्णरुपमा बन्द भएको थियो । 

उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योगलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विश्व स्वास्थ्य सङ्गठनको गुड म्यानुफ्याक्चरिङ प्राक्टिस ९जिएमी० अनुसार सञ्चालन गर्ने र त्यसका लागि प्रारम्भिक अवस्थामा सरकारले रु १५ करोड ६५ लाख ऋणस्वरुप लगानी गर्ने जानकारी दिए । 

उनले बन्द रहेका उद्योग सञ्चालन गर्ने क्रममा पहिलो चरणमा यो उद्योगलाई सञ्चालन गर्न लागिएको बताउँदै छिट्टै उद्योगका लागि आवश्यक उपकरण, मेसिन, किन्ने र केही महिनामा नै प्रकारका औषधि उत्पादन सुरु गरिहाल्ने जानकारी दिए । 

मन्त्री जोशीले भने– “हाल पहिलो चरणमा सरकारले अत्यावश्कीय सूचीमा रहेका ४८ प्रकारका औषधि उत्पादन गर्नेछ । उत्पादित औषधि स्वयम् सरकारले खरिद गर्ने भएकाले बजारको समस्या रहन्न र ऋण पनि समयमै फिर्ता गर्न सकिने हाम्रो सोच रहेको छ ।” 

लिमिडेटका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठले हाल उद्योगमा कार्यरत ९७ कर्मचारीलाई स्वेच्छिक अवकाशमार्फत कम गरी आवश्यक पर्ने १९ जना विषय विज्ञ थप गरेर जनशक्ति व्यवस्थापन गर्ने योजना रहेको बताए । 

उद्योग मन्त्रालयले उद्योगको पुनः सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन गरी कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न डा पुष्कर बज्र्राचार्यको संयोजकत्वमा डा जगदीश अग्रवाल, उद्योग मन्त्रालयका सहसचिव यमलाल भुसाललगायत सदस्य रहेको सात सदस्यीय समिति पनि बनाइएको छ । 

सरकारले सुरु आफूले सञ्चालन गरे पनि पछि निजी क्षेत्रलाई सञ्चालन गर्न दिने योजनाअनुरुप त्यसका लागि निजी क्षेत्रलाई सहकार्यका लागि अपिल गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते