2026-06-19 02:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

माघ १४, काठमाडौँ | नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ ।

सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ । नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनमा योगदान पु¥याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो । सैनिक सङ्गठनमा गीत, सङ्गीत र बाजागाजालाई अभिन्न अङ्गका रुपमा लिने गरिन्छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले  राष्ट्रपति एवं परमाधिपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्चमा मुख्य समारोहको आयोजना गरी सेना दिवस मनाउँदैआएको छ ।

सोही अवसर पारेर छाउनी र सैनिक  मञ्च टुँडिखेलस्थित वीर स्मारकमा अमर शहीदको सम्मानमा यस वर्षदेखि अखण्ड दीप प्रज्वलनको सुरुआत हुने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । महाशिवरात्रिका दिन यो वर्ष सेना दिवस आगामी फागुन ६ गते मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका क्रममा विसं १८१९ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रारम्भमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख गरी पाँच  सैनिक कम्पनी खडा गरेपछि वर्तमान सेनाको साङ्गठनिक स्वरुपको सुरुआत भएको हो ।

आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि स्वदेशी तथा विदेशदेखि ठूलो सङ्ख्यामा तीर्थयात्री काठमाडौँ आउने हुनाले त्यसको महत्वसमेतलाई दृष्टिगत गरी शिवरात्रिका दिन टुँडिखेलमा भव्य समारोहको आयोजना गरी सेनाले स्थापना दिवस मनाउँदैआएको छ ।

पुर्खाको अदम्य साहस र वीरताले लेखेको नेपाल राष्ट्रको गौरवमय इतिहास अझ उजिल्याउने जिम्मेवारी नेपाली सेनासहित आम नेपालीको काँधमा रही आएको उहाँ बताउनुहुन्छ । सेना दिवसकै अवसरमा नेपाली सेनाको मानार्थ महारथी प्राप्त भारतीय सेनाका भूतपूर्व तथा वर्तमान सेना प्रमुखलाई अतिथिका रुपमा आमन्त्रण गरी सम्मान गर्दैछ ।  

नेपाल र भारतबीच एक–अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । सेना दिवस समारोहमा यहाँस्थित दूतावास र नेपालका लागि अवैतनिक तोकिएका दूतावासका सैनिक सहचारीले पनि भाग लिनुहुनेछ ।

सोही अवसरमा काठमाडाँैको छाउनीस्थित वीर सम्मारकमा फागुन ५ गते  माल्र्यापण गर्ने कार्यक्रम छ । पछिल्ला वर्षमा सेनाले स्थापना दिवसका अवसर पारेर ठूलो सङ्ख्यामा धावक सम्मिलित प्रधानसेनापति दौड प्रतियोगिता गर्दैआएको छ । यस वर्ष माघ २८ गते उक्त प्रतियोगिता हुनेछ ।

सैनिक मुख्यालयका अतिरिक्त  देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र  एकाइमा समेत सेना दिवस विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको नेपाली सेनाको ४४ औँ  सङ्गठन प्रमुखमा प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ ।

 नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ भने समावेशीका हिसाबले सङ्गठन चार जात छत्तिस जातिको फूलबारीजस्तै बनेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं  प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीसँगै सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो तुल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी