३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमसाथ मनाइने

१४ माघ २०७९, शनिबार ०५:५८

माघ १४, काठमाडौँ | नेपाली सेनाले सङ्गठन स्थापनाको २६० औँ वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाउन लागेको छ ।

सेना दिवसका अवसरमा यस वर्ष सैनिक मञ्च टुँडिखेलमा विशिष्ट पाहुनाको उपस्थितिमा विविध सैनिक रण कौशलका अतिरिक्त एकैसाथ पाँच सय ५५ को सङ्ख्यामा मादल बजाएर सेनाले नयाँ कीर्तिमानी रेकर्ड कायम गर्ने तयारी गरेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीका अनुसार, सङ्गठन स्थापना दिवसका अवसरमा नयाँ कीर्तिमान कायम गर्ने कार्यक्रम रोचक, सभ्य र भव्य तुल्याउन आवश्यक तयारी सुरु भइसकेको छ । नेपाली मौलिक परम्परागत कला एवं संस्कृतिको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धनमा योगदान पु¥याउने हेतुले सेनाले यो कार्यक्रम गर्न लागेको हो । सैनिक सङ्गठनमा गीत, सङ्गीत र बाजागाजालाई अभिन्न अङ्गका रुपमा लिने गरिन्छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले  राष्ट्रपति एवं परमाधिपतिको प्रमुख आतिथ्यमा सैनिक मञ्चमा मुख्य समारोहको आयोजना गरी सेना दिवस मनाउँदैआएको छ ।

सोही अवसर पारेर छाउनी र सैनिक  मञ्च टुँडिखेलस्थित वीर स्मारकमा अमर शहीदको सम्मानमा यस वर्षदेखि अखण्ड दीप प्रज्वलनको सुरुआत हुने प्रवक्ता भण्डारीले जानकारी दिनुभयो । महाशिवरात्रिका दिन यो वर्ष सेना दिवस आगामी फागुन ६ गते मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका क्रममा विसं १८१९ मा राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रारम्भमा श्रीनाथ, कालीबक्स, बर्दवानी, सबुज र गोरख गरी पाँच  सैनिक कम्पनी खडा गरेपछि वर्तमान सेनाको साङ्गठनिक स्वरुपको सुरुआत भएको हो ।

आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि स्वदेशी तथा विदेशदेखि ठूलो सङ्ख्यामा तीर्थयात्री काठमाडौँ आउने हुनाले त्यसको महत्वसमेतलाई दृष्टिगत गरी शिवरात्रिका दिन टुँडिखेलमा भव्य समारोहको आयोजना गरी सेनाले स्थापना दिवस मनाउँदैआएको छ ।

पुर्खाको अदम्य साहस र वीरताले लेखेको नेपाल राष्ट्रको गौरवमय इतिहास अझ उजिल्याउने जिम्मेवारी नेपाली सेनासहित आम नेपालीको काँधमा रही आएको उहाँ बताउनुहुन्छ । सेना दिवसकै अवसरमा नेपाली सेनाको मानार्थ महारथी प्राप्त भारतीय सेनाका भूतपूर्व तथा वर्तमान सेना प्रमुखलाई अतिथिका रुपमा आमन्त्रण गरी सम्मान गर्दैछ ।  

नेपाल र भारतबीच एक–अर्का देशका प्रधान सेनापतिलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने अनुपम परम्परा छ । सेना दिवस समारोहमा यहाँस्थित दूतावास र नेपालका लागि अवैतनिक तोकिएका दूतावासका सैनिक सहचारीले पनि भाग लिनुहुनेछ ।

सोही अवसरमा काठमाडाँैको छाउनीस्थित वीर सम्मारकमा फागुन ५ गते  माल्र्यापण गर्ने कार्यक्रम छ । पछिल्ला वर्षमा सेनाले स्थापना दिवसका अवसर पारेर ठूलो सङ्ख्यामा धावक सम्मिलित प्रधानसेनापति दौड प्रतियोगिता गर्दैआएको छ । यस वर्ष माघ २८ गते उक्त प्रतियोगिता हुनेछ ।

सैनिक मुख्यालयका अतिरिक्त  देशका विभिन्न स्थानमा तैनाथ पृतना, बाहिनी, गण, गुल्म र  एकाइमा समेत सेना दिवस विविध कार्यक्रम गरी मनाउने प्रचलन छ । नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय र कीर्तिमानी काम गर्दै आएको नेपाली सेनाको ४४ औँ  सङ्गठन प्रमुखमा प्रधानसेनापति प्रभुराम शर्मा हुनुहुन्छ ।

 नेपाली सेना मुलुकमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल भएको छ भने समावेशीका हिसाबले सङ्गठन चार जात छत्तिस जातिको फूलबारीजस्तै बनेको छ । दरबार, गढी, सङ्ग्रहालय, ऐतिहासिक महत्वका संरचना, विद्युत् गृह, भौतिक पूर्वाधार एवं  प्राकृतिक सम्पदाको संरक्षण र सुरक्षा, हिमाल सफाइ तथा विकास निर्माणको जिम्मेवारीसँगै सैनिक–नागरिकसँगको सम्बन्धलाई बलियो तुल्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड