२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

टाइगर कप भलिबलको महिलातर्फको उपाधि एपिएफलाई

१४ माघ २०७९, शनिबार १२:१७

माघ १४, कास्की | सशस्त्र प्रहरी बलको एपिएफ क्लबले कास्कीको पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल प्रतियोगिता’को महिलातर्फको उपाधि जितेको छ । 

पोखरा रङ्गशालामा आज भएको खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपिएफले उपाधि जितेको हो । 

पहिलो सेट २५–२० ले जितेको एपिएफले दोस्रो सेट भने आर्मीले २५–२२ ले जित्यो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपिएफले चौथो सेट २५–२२ अङ्कले जित्दै विजेता बनेको हो । 

एपिएफले रू पाँच लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले रू दुई लाख ५० हजार प्राप्त गरेको छ । 

प्रतियोगिताको पुरुषतर्फ उपाधिका लागि घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एपिएफ क्लबबीच खेल सुरु भएको छ । 

भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुफ अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ