४ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जसले मलाई गाड्नु पर्छ भन्ने अभिब्यक्ति दिए, ती परास्त भए: पूर्बप्रधानमन्त्री भट्टराई

३ आश्विन २०७३, सोमबार १२:२५

एकदशक लामो जनयुद्धमा बिभिन्न आरोह अवरोह पारगदै शान्तिपूर्ण प्रक्रियामा पार्टीलाई अवतरण गराउँनका निम्ति महत्वपूर्ण भुमिका निर्बाह गर्नुभएका तत्कालीन माओबादी पार्टीका बरिष्ठ नेता एंवम पूर्बप्रधानमन्त्री डा.बाबुराम भट्टराई नेपालको राजनीतिमा आशा लाग्ने नेताको रुपमा कुनैबेला चर्चामा थिय । 
२०६२ साल मंसिर १९ गते बाह्रबुँदे समझदारी मार्फत खुल्ला राजनीतिमा तत्कालीन माओबादी पार्टी प्रबेश गरेपछि पनि डाक्टर भट्टराई सधै राजनीतिक चर्चाको वरिपरि रहे । पहिलो संबिधान सभाको अबसानपछि दोस्रोपटक गरिएको संबिधानसभाको निर्बाचनबाट निर्बाचित जनताको प्रतिनिधीबाट तयारपारिएर घोषणा गरिएको नेपालको संबिधान घोषणा सँगै डाक्टर भट्टराईले माओबादी पार्टी परित्याग पश्चात नयाँ शत्ति पार्टी घोषणा गरेपछि झन उनको चर्चा ह्रवात्त बढ्न गयो । 
आखिर पुराना मागहरु पुरा नभैसकेको अबस्थामा नयाँ शक्ति पार्टी घोषणाका बिषयमा रहेर पत्रकार अर्जुन बरालले  अन्तराष्ट्रिय नेपाली समाज दक्षिण कोरियाले आयोजना गरेको कार्यक्रममा भागलिन दक्षिण कोरिया आउँनुभएका डा.बाबुराम भट्टराईसँग नेपाली दुतावास दक्षिणकोरियाको आगन्तुक कक्षमा रहि तयार पारिएको कुराकानीको सम्पादित अंश:

राजनीति किन र केका लागि गरिदो रहेछ ?

राजनीति समाजमा आमुल परिबर्तन साथै देश र जनताको समृद्धि ल्याउँनका नीम्ति गरिन्छ । (मन्द मुस्कानसहित) केहि अगाडी हजुरले भन्नुभएको थियो यहिबाट कमेन्ट गरि भन्न चाहे जनयुद्धमा यति उती क्षती अनी शान्ति प्र्रक्रियामा आउँन बाबुराम भट्टराईले योगदान गरयो तर जनयुद्धको उपलब्धी त अली खुलाउँनु भएन । 

संसारका महानक्रान्ति र परिबर्तनहरु निश्चित लक्ष्य प्राप्तिका निम्ति हुन्छन नेपालको परिबेशमा जनयुद्ध भन्दा पहिले जतिपनि परिबर्तन भएको थियो कुनैले राणाशासन कुनैले निरकुंश पंचायती ब्यबस्थालाई फाले तर राजतन्त्र फालीएको थियन अनी त्यसको अन्तबिना लोकतन्त्र संभब थियन जुन काम जनयुद्धले गरयो ।

परिबर्तनका कुरा  भन्नुपर्दा जनयुद्ध शुरुगर्दा प्रतिक्रियाबादी राज्यशत्तालाई ध्वस्त पार्दै जनबादी क्रान्तिको दिशामा अघी बढौ भन्ने लगायतका सबै मागहरु त्यसो भए पुरा भएका हुन त ?

ती चालीस सुत्रीय माग मलाई कण्ठ छ अनी मैले नै त्यसलाई ड्राफ्ट गरेको थिय जुन तीन प्रकृतका छन् । 

एक नेपालको राष्ट्रियतालाई पूर्ण रुपले स्वाधीन सम्पन्न नेपालमा परिणत गराउँनेमा नौ,दश बुँदाहरु छन् । बाँकी पन्ध्र,सोह्र्र बुँदाहरु नेपालमा लोकतन्त्रलाई पुर्णता दिने बुँदाहरु छन् । त्यसको केन्द्रमा संबीधानसभाबाट अथवा जनताले चुनिएका प्रतिनिधि मार्फत गणतन्त्रको संबिधान बनाउँने भन्ने मुख्य कुरा केन्द्रिय माग छ । 

त्यसपछिका बाँकी पन्ध्र,सोह्र बुँदाहरु जनताका जनजिबिका,आर्थिक बिकाश र समृद्धिका मागहरु छन । चालीस बुँदेको मुख्य माग भनेको जनताका प्रतिनिधिबाट आफनो संबिधान आफै बनाउँने हो यस आधारमा जनयुद्ध सफल भयो ।

जनयुद्ध सफल भएको भए डाक्टरसाब पच्चिस बर्षसम्म लगातार जीबनका कठिन मृत्युसँग लडेर स्थापित गरेको पार्टीलाई चटक्क बिचमा रातो स्टीकर टाँसेर हिड्दा कतै गल्ती गरेकी भन्ने लाग्दैन ?

म फेरिपनि स्पष्ट गराउँन चाहन्छु । जनयुद्धले नेपालमा गणतन्त्र ल्याउँन महान काम गरयो र संबिधानसभाबाट जनतालाई सार्बभौम बनाउँने काम गरयो । चारहजार बर्ष लामो नेपालको ईतिहासमा नेपाली जनतापूर्ण रुपमा सार्बभौम कहिल्यै भएका थियनन् जुन जनयुद्धले गरयो । 

बाँकी समाजबाद साम्यबाद दशौ पुस्ताले गर्ने काम हो र त्यो दिशामा जानका निम्ति आर्थिक बिकाश र समृद्धिको एउटा खुड्किलोमा नटेकी समाजबादमा जान सकिन्न संसारको ईतिहासले त्यै भन्छ । त्यसका निम्ति हिजोका हाम्रा पुराना पार्टीहरुको घेरामा मात्र बिकाश र समृद्धि ल्याउँन असम्भब हुन्छ भनेर हामीले ति पार्टीहरुको बिरोध नगरी माथि उठन् चाँहेको हो ।

माथि उठ्ने कुरो त गर्नु भयो नयाँ शक्ति पार्टी घोषणा गर्दा पत्रिकाका मुखपृष्ठमा करोडौको बिज्ञापन थिय आखिर बिज्ञापन किन र के का लागि थिय त ?

त्यो बिज्ञापन थियन,आफना बिचारहरुलाई संप्रेसण गर्ने एउटा संचार माध्यमको एउटा बिधि हो अनी बिचार राजनीति सबै चिजलाई जनतामा लिएर जाने संचार माध्यम नै हुन्छ । यसै अर्थमा हाम्रा मुद्दालाई जनता समक्ष एकैचोटी पुरयाउँनका निम्ति संचारको सदुपयोग गरेका हौ यसलाई बिज्ञापनको अर्थमा नबुझदा हुन्छ ।

दोस्रो संबिधानसभामा पार्टीको अबस्था देखेपछि राजनीतिमा आफुलाई स्थापित गराईराख्न र अतितका आफना अपराधबाट बँच्न दोषजति प्रचण्डको टाँउकामा थुपार्ने हेतुले बाबुरामले नयाँ शक्ति गठन गरेका हुँन भन्ने सुनिन्छ कि कतै साँचो त होईन ?

क्र्रान्ति कहिलेपनि अपराध हुँदैन । महान क्रान्तिहरुबिना संसारमा बिकाश र समृद्धि कहि भएका थियनन् । अहिले म दक्षिण कोरियामा रहेर यो अन्र्तवार्ता दिईराखेको छु । संसारमा धेरै युद्ध र बलीदानी गरेको मुलुकमा कोरियापनि पर्छ जसले गर्दा आजको २१ औ शताब्दीमा बिकाश र समृद्धिको चुचुरोमा पुग्दैछ । 

त्यो ठुलो महान बलिदानबाट नगुज्रेको भए कोरिया यहाँ पुग्दैनथ्यो । नेपालमा हामी पन्ध्रहजारले ज्यान दिएको कुरा गछौ यहाँ त मलाई लाग्छ करोडौ मानिसहरु कोरियन युद्धमा मरेहोलान । त्यसको जगमा यो प्रबृति आएको हो । त्यसैले जति गहिराई सँग बाँझो जोत्ने खन्ने गर्नुहुन्छ उतीनै राम्रो फल लाग्छ भनेझै क्रान्ति जति गहिराईमा पुग्छ त्यति पूर्णता प्राप्त गरि बिकाश र समृद्धि सम्पन्न हुन्छ । त्यसअर्थमा त्यो महान क्रान्तिको नेतृत्व गरेकोमा मलाई गर्व छ त्यसमा कुनै पश्चाताब गर्ने कारण छैन ।

तपाईका धेरै पुस्तक पनि निक्लेका छन । पत्रपत्रिकामा लेख रचनापनि लेख्नु हुन्थ्यो पछिल्लो समय चर्चामा आयको पुस्तक अबिरल बाबुराम मा तपाईलाई जिउँदै गाडनुपर्छ भन्ने निर्णयमा पार्टी पुगेको उल्लेख छ  आखिर किन होला ?

तपाईहरु सानातिना कुराहरु कोटयाउँनुहुन्छ । कहाँ घाँउ लाग्यो, कहाँ चोट लाग्यो,कहाँ कालो देखियो भन्ने तिर ध्यान केन्द्रित गर्नु हुन्छ । महान क्रान्ति गर्ने क्रममा कहि कतैबाट त्रृटिपनि हुन्छन । ती क्रान्ति गर्दाखेरिका त्रृटिहरु हुँन ।  बिगतका ति त्रृटिहरुबाट सिकेर हामी अगाडी बढेका छौ त्यसैले नकरात्मक कुराभन्दानी सकरात्मक कुराप्रति जोडदिन तपाईहरुलाई म आग्रह गर्दछु ।

पार्टीमा महत्वपूर्ण भुमिकामा रहेको तपाई फरकमत कै कारण गाडनु पर्छ भन्नेमा पार्टी पूग्यो भने माओबादी जनसत्ता संयोजकका हैसियतले ती फरक बिचार राख्ने नागरिकको अधिकार हनन् भएका छैनन् भनेर भनेमा कसरी पत्याउँने ?

पार्टीले गाड्नु पर्छ कहि कतै भनेको छैन । केहि मानिसहरुले त्यस्ता अभिब्यक्ति दिएकापनि थिय ती मानिसहरुलाई परास्त गरि हामीले त्यो क्रान्ति र परिबर्तनलाई यहाँसम्म ल्यायौ भन्ने हाम्रो स्पष्ट धारणा हो । फेरिपनि म भन्छु एकाध ब्यक्तिका त्रृटिपूर्ण भनाईलाई अतिरञ्जीत गरेर प्रस्तुत गर्ने काम नगरौ । अग्रगामी सोच राख्ने मानिसले सधैपछाडी फर्केर गनगन् गरेर बस्दैन उसले अगाडीका सम्भाबनालाई हेरेर अगाडी बढ्छ अहिले हामीपनि नेपालको उज्वल भबिष्यलाई हेरेर अगाडी बढदै छौ ।

दशबर्षे जनयुद्ध, उन्नाईस दिने जनआन्दोलन अनी सयौको बलिदानबाट प्राप्त पहिलो संबिधानसभा तपाईकै प्रधानमन्त्रीकालमा अबशान हुन पुग्यो भने त्यसपरिस्थीमा संबैधानिक शुन्यताको अबस्था सिर्जना हुँदापनि राजीनामा नदिएर अध्यादेश मार्फत देश चलाउँन खोज्नु भएको थियो नी है ? 

(हाँस्दै) म तपाईलाई फेरिपनि आग्रह गर्न चाहन्छु । दृष्टिकोणको पनि एउटा कुरो हुँदो रहेछ । संबिधानसभालाई सफल पार्नका निम्ति पछिल्लो कालखण्डमा सबैभन्दा अग्रपंक्तिमा रहेर र २०१४ सालमा ईतिहासको गर्भमा लुकेको संबिधानसभालाई २०४६ सालपछि ल्याएर  दशबर्षे जनयुद्धमा स्थापित गरि यहाँसम्म पुरयाउँने काम माओबादी पार्टी र त्यसमापनि बाबुराम भट्टराईले गरयो त्यो ईतिहासमा अंकित छ । पहिलो संबिधानसभालाई किन असफल पारियो । 

अझ कुरा खुल्न बाँकी नै छ । जब माओबादी शक्तिले जुन अग्रसरता कायम गरयो तब माओबादी नेतृत्वमा संबिधान बन्न नदिन देशी र बिदेशी शक्तिको ठुलो डिजाईन थियो । त्यसैअन्र्तगतमा सर्बोच्च अदालतलाई प्रयोग गरि एउटा ब्यबस्थापिका संसदको अधिकारलाई कुल्चेर संबिधानसभाको म्याद थप्न नपाउँने जुन निर्णय गराईयो त्यो सचेत ढंगले संबिधानसभालाई बिघटन गराउँने र तुहाँउने प्रकारान्तरले २०१७ साललाई ब्युताउँने षडयन्त्र थियो । 

त्यसलाई मिचेर मैले अर्को संबिधानसभाको मिति घोषणा गरे र अन्तत संबिधानसभाको बिरुद्धमा फैसलागर्ने न्यायधिशसलाई नै अगाडी सारेर संबिधानसभालाई ब्युताउँने काम मैले गरे । यस्तो त्याग र बलिदान कसैले गर्दैन र पाउँनु हुँन्न पनि जसले गर्दा संबिधानसभाबाट संबिधान जारि गराउने श्रेय ईतिहासले मलाई दिन्छ यसमा मलाई गर्ब छ ।

जनताले भन्ने गर्छन प्रधानमन्त्री हुँनु सिंहदरबारमा फोटो झुन्डाउँनका लागि हो भनेर अनी तपाई देशको ३५ औ प्रधानमन्त्री चयनभय पश्चात भन्नुभएको थियो शान्ति र संबिधान पुरा नभए म एकमिनेटपनि पदमा बस्दिन । तपाईले अगाडी भन्नुभयो मलाई गर्ब छ, त्यसो हो भने शान्ति र संबिधान तपाईकै कार्यकालमा पुरा भएका हुँन त ?

हो शान्तिप्रक्रिया मेरै कार्यकालमा पुरा भएको हो । २०६९ साल चैत्र २८ गते क्रान्तिकालमा जन्मिएको जनमुक्ति शेना र हिजो राणाकालमा देखि नेपालको ईतिहासमा हुर्केको  पहिलेको शाहि शेना र पछिल्लो नेपाली शेनाका बीच समायोजन भयर शान्ति प्रक्रियाको बिधिबत सम्पन्नता भयो त्यो बेला बाबुराम प्रधानमन्त्री थियो भन्ने ईतिहासमा लेखिसक्किएको छ । 

दुई शेनालाई समायोजन गरेर शान्तिप्रक्रियालाई ब्यबहारमा परिबर्तन दिने काम मैले गरे जुन महान काम थियो भने संबिधानसभा बाट संबिधान मेरो कार्यकालमा हुन नसक्नु दुखद परिघटना थियो त्यैपनि मैले त्यत्तिकै संबिधानसभालाई छोडर ब्यबारीस  पार्न सकिन मैले आफनो भुमिका निर्बाह गरे ।

मैले महत्वपूर्ण भुमिका निर्बाह गरे ईतिहासमा नाम लेखिएछ नी भन्ने अनि संबिधानसभाबाट संबिधान जारी भएपछि दिपावली गर्ने बेलापनि होईन भन्ने संबैधानिक राजनीतिक  संबाद तथा सहमति समितिको सभापतिको हैसियतले असहमतिलाई संबादमार्फत सहमति पनि नगर्ने के यो मेल खान्छ ?

हो कुनै बस्तुको सकरात्मक नकरात्मक दुबै पाटो हुन्छ । त्यसैले फुलको आँखामा फुलै संसार… भनेझै फुल देख्नेले फुलमात्र देख्छ काँडा देख्नेले काँडामात्र, जबकी फुल र काँडा सँगै हुन्छ । संबिधानसभाबाट २०७२ असोज ३ गते संबिधान जारी हुँनु एउटा महान परिघटना थियो । 

त्यो प्रक्रियामा संबाद समितिको सभापतिको हैसियतले मैलेनै अन्तमा हस्ताक्षर गरेर पूर्णतादिने काम गरेको हुँ । सँगसँगै त्यसमा अपूर्णतापनि थिय जस्तै प्रत्यक्ष निर्बाचित राष्ट्रपति प्रणाली हुनुपरथ्यो । त्यो बिनादेशमा शान्ति र स्थीरता आउँन सक्दैन् भन्ने कुरामा मेरो अहिलेपनि ढृढ मत छ त्यो पुरा हुँन सकेको थियन । कतीपय ठाँउमा मद्येशी,थारु,आदीबासी जनजातीहरु असन्तुष्ट थिय आन्दोलन गरिरहेका थिय तीनका माग पुरा गरि संबिधान जारि गर्न उपयुक्त हुन्थ्यो भन्ने मेरो धारणा थियो । 

जहाँ ५७ वटा बिषयमा फरकमत राखी मैले संबिधानमा हस्ताक्षर गरेको छु । त्यसअर्थमा संबिधान जारी हुनुराम्रो थियो भने ती पुरा नहुनु अर्को दुखद कुरा थियो । त्यसैले मैले संबिधानलाई आधा गिलास भरि आधा गिलास खाली छ त्यहि बेला भनेको थिय यो कुरामा अहिलेपनि ढृढ छु ।

यतिधेरै परिबर्तन सँग सँगै भन्नुपर्दा तत्कालीन सरकारलाई बुझार्ईएका चालीस बुँदे मागमध्ये कति पुरा भय त ?

मुख्य कुरा संबिधानसभाबाट जनताको संबिधान घोषणा हुने काम पुरा भयो भने त्यसभित्र रहेका संघीयताका कुरा थिय नेपाल जस्तो बहुजातीय बहुभाषीक मुलुकमा नेपाल संघीयतामा जानुपर्छ,धर्मनिरपेक्षता हुँनुपर्छ भन्ने माग मुख्यत पुरा भएको छ । 

समाबेशी समानुपातीक लोकतन्त्र अर्थात सबैका लागि राज्यसत्तामा सहभागिता हुँनुपर्छ भन्ने कुरा मुलरुपमा पुराभई  ढोका खुल्ला भएको छ । यसअर्थमा नेपाल नयाँयुगमा प्रबेश गरेको छ भने जनजीबिका सम्बन्धी माग एकैचोटी पुरा हुँने होईनन् राजनीतिक परिबर्तन पछि जनजीबिका सम्बन्धी मागका ढोका खुल्छन् त्यसैले नयाँ शक्ति पार्टी नेपालले ती जनजीबिका सम्बन्धी माग पुरा गर्न ध्यान दिएर काम गर्छ भनेर नै हामीले यो पार्टीको परिकल्पना गरेका हौ ।

तपाईको प्र्रधानमन्त्रीकालमा नेपाल—भारत लगानी प्रबद्धन तथा संरक्षण अर्थात बिप्पा सम्झौता नेपालको हितमा छ भनेर गर्नुभएको थियो आखिर नेपालको हितमा भएको सम्झौतालाई कार्यान्वयन नगराउँन सर्बोच्च अदालतले किन अन्तरिम आदेश जारी गर्नु परर्या त ?

अहिले यो मुद्दा बिचाराधीन छ भने कुनै दिन कार्यान्वयन भयरै छाड्छ । नेपालले  जब चीन भारत दुबैसँग बिप्पा सम्झौता गर्छ अनि मात्र लगानीको बाताबरण बनी देश समृद्ध बन्छ त्यसैले केहि समय ढिलो हुँदैमा हामी आत्तिन हुँदैन् बिचाराधीन मुद्दामा अहिले टिप्पणी गर्न उपयुक्त छैन ।

अन्तमा बिभिन्न आरोह अवरोह पार गदै घोषणा गरिएको नेपालको संबिधान २०७२ तपाईका बिगतका सहयात्री प्रधानमन्त्री प्रचण्डले कार्यान्वयन गराउँन सक्लान र ?

हामी सबै मिलेर गर्नुपर्छ । उहाँलाई शुभकामना छ मैले उहाँ प्रधानमन्त्री भएपछि पनि यस संबिधान कार्यान्वयका निम्ति हामी सबै मिलेर जानुपर्छ  र यसको जगमा टेकेर नै समृद्ध नेपाल बनाउँनु पर्छ भन्नेमा हामीले प्रतिबद्धता जाहेर गरेका छौ । 

त्यसैले हामी सबै मिलेर संबिधान कार्यान्वयनको दिशामा जानुपर्छ । संबिधानलाई असफल पार्ने र पछाडी अध्यारो कुनामा बसेर षडयन्त्र बुन्ने काम केहि मानिसहरुले गरेका छन् । हामी त्यो सफल हुँन दिदैनौ । नेपाल अब पछाडी फर्कन सक्दैन यो संबिधानमा टेकेरनै सबृद्धिको दिशामा जानुपर्छ त्यसमा ढुक्क रहनु भय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लुका मोड्रिचले कीर्तिमान राखेको खेलमा रियलको जित अमेरिकाविरुद्ध नेपाललाई चौथो सफलता, करण केसीले लिए विकेट एनआरएनए’ भित्रको विवाद समाधान गरेर संस्थालाई एकताबद्ध बनाउन प्रचण्डको सुझाव आइतबारको विदेशी मुद्राको विनिमय दर कति ? रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै एमालेको सचिवालय बैठक आज बस्दै आजको मौसम: यी ६ प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, भुर्तेलको सानदार ब्याटिङ रवि पक्राउको विपक्षमा पोखरामा शक्ति प्रदर्शन, प्रधानमन्त्री ओलीप्रति आक्रोश प्रचण्ड र एनआरएनएबिच भेटवार्ता: एकतामा जोड, गैरआवासीय नागरिकताबारे ध्यानाकर्षण रवि लामिछानेको पक्राउ प्रमाणमा होइन, राजनीतिक प्रतिशोधमा भएको छ’ नेकपाका महासचिवमा विप्लवले भने: माओवादी एकताबद्ध भए ०६४ दोहोरिन्छ ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने : प्रधानमन्त्री ओली माओवादी पार्टीहरुको एकता चाँडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ४२ हजार पुग्यो रास्वपा प्रवक्ता मनिष झाले भने : देउवा लोकतन्त्रका सबैभन्दा ठूला ठग हुन् रवि लामिछाने पक्राउको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पोखरामा प्रदर्शन मलेसिया सरकारले बढायो श्रमिकको तलब, अब न्यूनतम तलब १७०० रिंगेट काठमाडौं महानगरले पर्यटन प्रवर्द्धनका लागि आज बसन्तपुरमा सांस्कृतिक कार्यक्रम गर्दै चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास