३० आश्विन २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विज्ञहरु भन्छन्- निजगढ विमानस्थलको विकल्प छैन

१५ माघ २०७९, आईतवार ११:०३

माघ १५, काठमाडौँ | हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतम मुलुकमा हवाई यात्रुको सङ्ख्या निरन्तर बढिरहेका सन्दर्भमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अहिलेको हवाई ‘ट्राफिक ग्रोथ’ हेर्ने हो भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको कुनै विकल्प छैन । निजगढ छिटोभन्दा छिटो बन्नैपर्छ ।”

गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण छिट्टै सुरु गर्ने बताउनुभएको थियो । उहाँले नेपाल जस्तो भूपरिवेष्ठित मुलुकको कनेक्टिभिटीका लागि हवाईमार्ग सबैभन्दा प्रभावकारी माध्यम भएको उल्लेख गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आवश्यक रहेको स्पष्ट पार्नुभएको थियो । 


संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले यही माघ ३ मा पदबहाली गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘गेम चेञ्जर’ परियोजना भएकाले निजगढमा विमानस्थल बन्नेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण तीव्ररुपमा अघि बढाइने उद्घोष पनि गर्नुभयो । 

सरकारले बाराको निजगढमा प्रस्तावित निजगढ विमानस्थल निर्माण अघि बढाउने निर्णय गरिसकेको छ । वातावरणको विषयले निर्माणमा विलम्ब भएको उक्त आयोजना पुनःचर्चाको विषय बनेको हो ।

क्यानका पूर्वमहानिर्देशक गौतमका अनुसार प्रत्येक वर्ष १० प्रतिशतले हवाई यात्रु बढिरहेका छन् । एक करोड यात्रु क्षमताको काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्ष नै ७३ लाख यात्रु पुगेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक १० लाख यात्रु क्षमता हो । भैरहवाको सबै सुविधा भएमा लगभग वार्षिक एक करोड यात्रु व्यवस्थापन गर्न सकिन्छ । 

“यही दरमा ट्राफिक ग्रोथ हुने हो भने हामीलाई निजगढ विमानस्थल निर्माण नगरी सुखै छैन”, उहाँले भन्नुभयो । निजगढ विमानस्थल बनेको भए पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने अवस्था नआउने उहाँको भनाइ छ । दुई विमानस्थलमा लगानी भएको खर्चले निजगढ विमानस्थल बन्ने उहाँको बुझाइ छ ।

पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम पनि देशभित्र पूर्ण सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलका लागि निजगढ विमानस्थल नै उत्तम विकल्प भएको बताउनुहुन्छ । “नेपालमा अहिलेसम्म ‘फुल फ्लेज इन्टरनेश्नल एयरपोर्ट’ छैन । ‘प्यारालल रनवे’सहितको पूर्ण क्षमताको विमानस्थलमा आफ्नै ‘एयर स्पेस’ मा उडान र अवतरण गर्नसक्ने विमानस्थल छैन, त्यसैले निजगढ विमानस्थल आवश्यकता हो”, उहाँले भन्नुभयो ।

उहाँले नेपालको आर्थिक विकासका लागि पनि यो विमानस्थल निर्माण अपरिहार्य भएको भन्दै काठमाडौँको विकल्प भैरहवा र पोखरा नभएको बताउनुभयो । यही माघ १३ गते राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा निजगढ विमानस्थल निर्माणबारे विज्ञहरुसँग छलफल भएको थियो । उक्त बैठकमा विज्ञहरुले निजगढ विमानस्थल निर्विकल्प आयोजना रहेकाले तत्काल अघि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको ७१ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रुपन्देहीको भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (गत जेठ २ गतेदेखि) सञ्चालनमा आएको छ । तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि व्यावसायिक उडान सुरु भइसकेको छ ।

निजगढ विमानस्थलको निर्माण प्रक्रिया  पनि  विवादरहित छैन । वातावरणको विषयलाई लिएर करिब तीन वर्षदेखि मुद्दा मामिलामा अल्झिएको उक्त आयोजनालाई सर्वोच्च अदालतको आदेशले निर्माण अघि नबढाउन भनेपछि यो विषय थप तरङ्गीत भएको थियो । 

सर्वोच्च अदालतको पूर्ण फैसलामा पनि विकल्प खोज्न भनिएको थियो । विमानस्थल निर्माणलाई लिएर वातावरण कि विकास भन्ने बहस चुलियो । देशको अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण आधारका रुपमा लिइएको निजगढ योजनालाई अघि बढाउने सरकारको योजना छ । पर्यटन मन्त्रालय र मातहतको नियामक क्यानले यो आयोजनालाई अघि बढाउने लक्ष्यसहित छलफल चलाइरहेको छ । सरकारले पनि राष्ट्रिय महत्वको आर्थिक विकासमा दूरगामी असर पार्ने आयोजना भएकाले निजगढ विमानस्थल अघि बढाउने निर्णय गरेको छ ।

सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण गरिने उल्लेख छ । सङ्घीय संसद्को संयुक्त बैठकमा यही जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा बाराको निजगढमा प्रस्तावित दोस्रो निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने भनिएको छ । बजेटमा विमानस्थल निर्माणको लगानी ढाँचा निर्धारण गरी लगानी बोर्डमार्फत् आयोजनाको विकास कार्य अगाडि बढाइने भनिएको छ ।

निजगढ विमानस्थल निर्माणका लागि हालसम्म झण्डै रू तीन अर्ब खर्च भइसकेको छ । वन र वातावरणको विषयलाई लिएर विमानस्थल निर्माणको काम अघि बढ्न सकेको थिएन । यसैबीच संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको गत जेठ १६ गतेको बैठकले कानुनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिएको थियो । 

लामो समयको अध्ययन तथा धेरै ठूलो लगानीका साथ अगाडि बढाइएको निजगढ विमानस्थलको निर्माण कार्य रोक्ने निर्णय कुनै पनि दृष्टिबाट उचित नदेखिने समितिको निष्कर्ष छ । यो विमानस्थलमा प्राधिकरणले रू तीन अर्ब खर्च गरिसकेको र त्यस क्षेत्रमा आठ हजार ५० हेक्टरभन्दा बढी जग्गा विमानस्थलका नाममा आइसकेको छ । 

विमानस्थलको चार किल्ला तोकेर तारबारको काम भएको छ । विमानस्थललाई लक्षित गरेर निर्माणाधीन द्रुतमार्गमा हालसम्म रू दुई खर्ब खर्च भइसकेको छ । विमानस्थलको गुरुयोजना तयार भई, वातावरणीय प्रभाव मूल्याङ्कन पनि बनिसकेको छ । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजगढ विमानस्थलको निर्माण प्रक्रिया अघि नबढे दीर्घकालीनरुपमा देशको समग्र अर्थतन्त्रमा घाटा हुने भन्दै निर्विकल्परुपमा निजगढ विमानस्थल आयोजनालाई अघि बढाइनुपर्ने बताउनुभयो ।

पूर्वाधारविद् डा सूर्यराज आचार्यले सबै हिसाबले उपयुक्त निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अवरोध गर्न नहुने भन्दै यो आयोजनालाई सरकारले यथाशक्य कानुनी अड्चन हटाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो । 

उहाँले हल्ला गरिएको जस्तो वातावरण विनाश नहुने भन्दै विकास र वातावरणको सन्तुलन कायम गरेर कमभन्दा कम क्षति हुनेगरी आयोजना अघि बढाउनुपर्ने खाँचो औँल्याउनुभयो । हवाई नीति २०६३ का छ वटा उद्देश्यमध्ये एउटा सुविधासम्पन्न आधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने उल्लेख छ । 

कार्ययोजनामा पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को मापदण्डअनुसार अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनिएको छ । विसं २०५० देखि सुरु गरिएको अभ्यास तीन दशकमा पनि प्रक्रिया अघि नबढ्नु मुलुकका लागि बिडम्वना भएको विज्ञ बताउँछन् ।

के छ निजगढको विशेषता ? 

निजगढ विमानस्थल राजधानी काठमाडौँबाट एक घण्टाको दूरीमा पर्छ । नेपालको नक्साको लगभग बीचमा पर्छ । नेपाली तथा विदेशी प्राविधिक विज्ञले उपयुक्त ठह¥याएको निजगढ विमानस्थलमा नेपाली भूमिबाटै २९ हजार फिटमाथिबाट उडान तथा अवतरण गर्न सकिन्छ । 

चुरे र सीमाबाट अवतरण गर्न सकिने तथा शून्य भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिने र सबै हिसाबले उपयुक्त विमानस्थल भएको प्राधिकरणको भनाइ छ । चार हजार मिटर लामो र फराकिलो धावनमार्ग हुने निजगढ विमानस्थल निर्माणपछि वार्षिक छ करोड यात्रुको चाप थेग्ने विश्वास गरिएको छ । यो विमानस्थल निर्माणका लागि पहिलो चरणमा अनुमानित रू डेढ खर्ब लाग्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गौशाला धर्मशाल सम्बन्धमा हामीमाथि अन्याय भयो : मारवाडी सेवा समिति सरकारद्धारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन प्रधानमन्त्री ओलीद्वारा ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण कर्मचारी सञ्चय कोष र नेपालप्रहरी श्रीमती संघबाटउद्धार कोषमा रकमहस्तान्तारण देश बचाउन तेस्रो जनआन्दोलन आवश्यक छ : प्रभु साह बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने श्रमिकको मुद्दासाझा समस्याको रुपमा देखिएको छ : अर्थमन्त्री पौडेल पुण्य गौतममाथि रड प्रहार, आइसीयुमा उपचार हुँदै हत्या आरोपमा झापामा नाबालकसहित ३ जना पक्राउ राष्ट्रपति पौडेलसमक्ष मुस्लिम र थारु आयोगले गरे प्रतिवेदन पेश महानगरद्धारा बजार अनुगमन : २२ वटामा म्याद गुज्रिएका सामान भेटिए मन्त्रिपरिषद्को बैठक बालुवाटारमा बस्दै कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टी बनाउँछौं : डा.शेखर कोइराला दशैंपछि आन्दोलन गर्ने गोर्खा सैनिकको चेतावनी, सरकारलाई दिए धम्की मन्त्रीपरिषद् बैठकका २१ निर्णय सार्वजनिक एनपीएल अक्सन : प्रतिस जिसी १५ लाखमा विराटनगर किंग्समा आबद्ध नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए पद तथा गोपनीयताको शपथ रविजीले ओलीले भने अनुसार काम गरे भने सहकारी ठगीमा कारबाही हुँदैन, त्यो प्रतिवेदन च्याँखे होः दीपशीखा नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ लिदैं आगामी निर्वाचनमा माओवादी केन्द्रले गठबन्धन नगर्ने :- अध्यक्ष प्रचण्ड