२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई तुरुन्त गृहमन्त्री पदमा बहाली गर्न बालकोटको दबाव, प्रधानमन्त्री छैनन् तयार

२०७९, १५ माघ आईतवार ११:२०

माघ १५, काठमाडौँ | नागरिकता विवादका कारण गृहमन्त्री गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई तुरुन्त सोही पदमा फर्काउन एमालेले दबाव दिएको बुझिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकट स्रोतले यसको पुष्टि गर्दै उनलाई तुरुन्तै बहाली गर्ने पक्षमा बालुवाटार नरहेको जानकारी दियो ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले फोन गरेर प्रचण्डलाई यस्तो ‘सुझाव’ दिएका छन् । ‘उहाँमाथि गम्भीर चार्ज लागिसकेपछि यसलाई प्रष्ट गर्ने दायित्व उहाँको पनि हो, किनभने नेपाली नागरिकताकै सवालसँग जोडिएको गृहमन्त्रालय उहाँले सम्हाल्नु नै समस्या थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘अझ राहदानीका विषय पनि आएका छन् । तर एमालेबाट अलिकति प्रेसर नै छ ।’ प्रधानमन्त्री प्रचण्ड गृह मन्त्रालय हाललाई आफैसँग राख्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायोे ।


एमालेबाट रवि लामिछानेका बारेमा प्रस्ताव आउनुलाई प्रधानमन्त्रीले अन्यथा नलिए पनि यो विषय पूर्ण रुपमा टुंगिएपछि भने विचार गर्न सकिने उक्त स्रोतले बतायो । आजै एमाले महासचिव शंकर पोखरेलले रवि लामिछानेमाथिको मुद्दा सामान्य र नियमित प्रकृतिको भएको भन्दै नेपालको राजनीतिक समीकरणमा फेरबदल ल्याउनका लागि यसलाई प्रयोग गर्न खोजिएको आरोप लगाए । अदालतको फैसलामाथि प्रश्न उठाउँदै पाेखरेलले पीआर र ग्रीनकार्ड त्यागेर नेपाल आउने नागरिकलाई फेरि नागरिकता लिने अर्को व्यवस्था नभएको दाबी गर्दै उनले रविको बचाउ गरे । रविले भने ग्रीनकार्डमात्र नभई अमेरिकी नागरिकता नै लिएको यसअघि नै सकारिसकेका छन् ।

‘यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन’ महासचिव पोखरेलले भने, ‘किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन ।’

दुई दिनअघि सरकार र पार्टी दुवैतिर पद गुमाएका लामिछानेले आजै काठमाडौं प्रशासनबाट नागरिकता पुनःप्राप्ति गरेका छन् । तर उनको राहदानी सम्बन्धी महत्वपूर्ण मुद्दाबारे प्रश्नहरु बाँकी नै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी