२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र, हिउँ खेल्न पर्यटकको घुइचो

२०७९, १६ माघ सोमबार ०२:५४

माघ १६, मुगु | गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ । 

आकर्षक पर्यटकीय गन्तव्य रहेको सो क्षेत्रमा भएको हिमपातले यहाँको दृश्य निकै मनमोहन बनेको छ । त्यहाँ पुगेर हिउँ खेल्न आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लागेको छ ।  चिसोको प्रवाह नगरी रारा जाने क्रम जारी छ । रारा वरपर दुई फिटसम्म हिउँ जमेको छ । यस वरिपरिका रुखर बिरुवाहरु हिउँले फुलेका छन् । 

रारा क्षेत्रवरपर जताततै सेताम्य देखिन्छ । भारी हिमपात भएपछि तालको छेउमा सेतो सिरक राखेजस्तै देखिन्छ । राराले खैरो, बैजनी र नीलो गरी दिनमै तीन पटकसम्म आफ्नो रुप बदल्दा सेतो हिउँले यसमा झनै आकर्षण थपेको छ । 


जाडो समयमा रारा हेर्न आएका आन्तरिक पर्यटक राम शाहले राराको यस सिजनको दृश्य भाग्यमानीलाई मात्र हेर्न अवसर जुर्ने प्रतिक्रिया दिनुभयो । मुर्मा टपसम्म पुगेर सेताम्मे रारादेखि वारिपारिको बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने पर्यटकको भनाइ छ । रारा क्षेत्रफलका पाँच किलोमिटर लम्बाइ, करिब तीन किलोमिटर मिटर चौडाइ र १६७ मिटर गहिराइ रहेको छ ।

रारामा विश्वमा दुर्लभ असला जातका माछा, रानी ट्राउट भ्यागुतो र तीन सय प्रजातिका चरा पाइन्छन् । कस्तुरी, रेडपाण्डा, मृग, घोरल, भालु, रतुवालगायत वन्यजन्तु अवलोकनका लागि  रारा क्षेत्र महत्वपूर्ण मानिँदै आएको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी