2026-06-18 02:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर हेर्न एक व्यक्तिले गरे मरेको नाटक

माघ १७, काठमाडौँ | एजेन्सी | ब्राजिलका एक व्यक्तिले आफ्नो अन्त्येष्टिमा को आउँछ भनेर जान्न मरेको नाटक गरेका छन् ।

‘सेरेमोनियालिस्ट’ को रूपमा ६० वर्षका बाल्टाजार लेमोसले सयौँको अन्त्येष्टि गरिसकेका छन् । यो अवधिमा उनले कसैको अन्तिम संस्कारमा दुई जना आउने गरेको र कसैको भने ५ सय जनासम्म आउने गरेको देखेका थिए । हालै, उनलाई पनि आफ्नो अन्तिम संस्कारमा आफ्ना को कति साथी र आफन्त आउलान् भन्ने उत्सुकता जाग्यो त्यसैले उनले मरेको नाटक गरे । त्यो पनि, अन्तिम संस्कारमा को को आउँछन् त भनेर हेर्नका लागि मात्रै ।


जनवरी १० तारिखमा कसैले बाल्टाजार लेमोसको सोसल मिडियामा बाल्टाजारको निधन भएको कुरा पोस्ट गरे । त्यसमा लेखिएको थियो, ‘यो दुःखद अपराह्नमा बाल्टाजारको निधन भएको खबर दिन चाहन्छु । थप जानकारी छिट्टै दिनेछौँ ।’

त्यसको एक दिनअघि साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालको अगाडि बसेको उनको तस्बिर पोस्ट गरिएको थियो, त्यसैले यो कुरा धेरैले पत्याए ।

लेमोसको परिवारलाई यो घोषणाले चकित बनायो किनभने उनी अस्पताल भर्ना भएको कसैलाई पनि थाहा थिएन । उनका एक जना भतिजो अल्बर्ट आइन्स्टाइन अस्पताल गएर उनीबारे बुझे तर बाल्टाजार लेमोस त्यहाँ भर्ना भएको कुनै रेकर्ड थिएन ।

बाल्टाजारका अनलाइनका साथीले उनी बितेको दुःखद खबर सेयर गर्न सुरु गरे । कमेन्टमा धेरैले श्रद्धाञ्जली दिए र मृत्यु के कारणले भएको थियो भनेर धेरैले सोधिरहेका थिए । तर यसबारे केही जानकारी दिइएको थिएन । यद्यपि, अन्तिम संस्कार कहाँ र कहिले गरिनेछ भनेर उनको फेसबुक अकाउन्टमा भने जानकारी दिइएको थियो ।

जनवरी १८ तारिखमा उनका साथीभाइ र आफन्त बाल्टाजारको पैतृक घर भएको सहर कुरिटिबामा जम्मा भयो जहाँ उनको कथित अन्तिम संस्कार आयोजना भइरहेको थियो । एक प्रहरमा बाल्टाजारले आफ्नो जीवनबारे बोले । त्यति बेला धेरै मानिस रोए किनभने धेरैले त्यो रेकर्ड गरिएको होला भनेर सोचेका थिए । त्यसपछि एउटा ढोका खोलियो र उनी सबैको सामु उपस्थित भए ।

अनुमान गर्न सकिन्छ कि त्यति बेला मानिसहरूको प्रतिक्रिया कस्तो थियो होला । कोही रुनु थाले, कोही मुख खोलेर हेरिरहे तर जब उनले आफू मरेको नाटक गरेको भने तब त्यहाँ उपस्थित धेरैले उनीमाथि अत्याचारको आरोप लगाए ।

‘तिमीले के चाहेको थियौ, त्यो पायौ बाल्टाजार, मानिसहरूको ध्यान आकर्षित गर्न । इभेन्ट फोटोग्राफरहरूको सबै समूहमा तिम्रो मृत्युको कुरा भइरहेको छ । सबै जना दुखित थिए । कस्तो अनावश्यक ठट्टा । मलाई लाग्छ ‘तिम्रो अन्तिम संस्कार’ मा आएका सबै जनासँग तिमीले फोटो खिच्नुपर्छ । मैले तिमीलाई निजी रूपमा चिन्दिनँ तर हाम्रो कहिल्यै भेट नहोस् भन्ने म चाहन्छु,’ एक जनाले वास्तविकता थाहा पाएपछि कमेन्टमा लेखेका छन् ।

बाल्टाजार लेमोसको कथा सोसल मिडियामा आगो सरी फैलियो । उनको उद्देश्य के थियो भनेर धेरैले उनलाई सम्पर्क पनि गरे । उनले मानिसहरूलाई दुःखी बनाउनु आफ्नो अभिप्राय नभएको बताउँदै आफ्नो मृत्यु हुँदा को–को आउँछन् भनेर थाहा पाउन यस्तो गर्नुपरेको बताए ।

‘यसबारे मलाई पाँच महिना अघि सोच आएको थियो । म साँच्चै नै मरेको हुँ भनेर देखाउन चाहन्थे । मानिसहरूले यसलाई आफ्नै तरिकाले व्याख्या गरे । तर मेरो अन्तिम संस्कारमा को आउँछ भनेर म हेर्न चाहन्थेँ,’ लेमोसले भने । ‘मैले यसबारे कसैलाई पनि भनिनँ किनभने यसैले काम चल्छ जस्तो लाग्यो । कसैलाई दुःखी बनाउने, मान हानी गर्ने मेरो उद्देश्य थिएन । म सबैसँग माफी माग्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन