९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कृषि प्राविधिक पढेका राना च्याउखेतीबाट गर्दैछन् राम्रो आम्दानी

१९ माघ २०७९, बिहीबार ०७:०४

माघ १९, काठमाडौँ | शुक्लाफाँटा नगरपालिका-६ कसरौलका २६ वर्षीय वीरबहादुर रानाले कृषि प्राविधिक पढेर घरमै च्याउ फार्म सञ्चालन गरी राम्रो आम्दानी लिँदै आउनु भएको छ । पाँच वर्षअघि कृषि जेटिएको पढाइ पूरा गर्नुभएका उहाँले च्याउखेती गर्दै आउनु भएको हो । 

बाह्रैमहिना च्याउ उत्पदान गर्दै आउनु भएका उहाँले फार्म सञ्चालनका लागि रू सात लाख लगानी गर्नुभएको छ । यसका लागि पाँचवटा प्लास्टिक टनेल बनाइएको छ । 


“कृषि प्राविधिकको पढाइ पूरा गरेपछि सुरुमा रू ५० हजार लगानी गरी एक टनेलमा मात्रै च्याउ उत्पादन गर्न सुरु गरेको थिएँ”, उहाँले भन्नुभयो, “उत्पादन राम्रो भएपछि लगानी र फार्म बढाइरहेको छु ।”

उहाँले दैनिक ५० किलोभन्दा बढी च्याउ बिक्री गर्दै आउनुभएको छ । स्थानीय बजारमा रू एक सय ५० देखि रू दुई सय सम्ममा बिक्री हुने गरेको छ । तीन महिनामा १० क्विन्टल च्याउ बिक्री भएको उहाँको भनाइ छ भने पन्ध्र क्विन्टल च्याउ बिक्रीका लागि तयारी अवस्थामा छ । 

“च्याउ बिक्री गरी वार्षिक रू पाँच लाख आम्दानी हुने गरेको छ”, उहाँले भन्नुभयो, “उत्पादन बढाएर वर्षमा आम्दानी दोब्बर पार्ने योजना छ, त्यसका लागि काम भइरहेको छ ।”

 रानाले कन्या र पिङ्की जातको च्याउको उत्पादन गरिरहनुभएको छ । मिल्की च्याउ उत्पादनका लागि परीक्षण भइसकेको छ । आगामी दिनमा फरक जातका च्याउ उत्पादन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । 

 निजीस्तरबाट सञ्चालित कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालामा उहाँले च्याउको बीउ आफै उत्पादन गर्नुहुन्छ । च्याउ उत्पादनका लागि पराल काट्ने, उमाल्ने, पोका बनाउने, बीउ राख्ने, स्प्रे गर्ने, प्याकिङ, ग्रेडिङलगायतका कार्यमा घरपरिवारले सहयोग गर्ने गरेका छन् । हालै विवाह बन्धमा बाँधिएका रानाले च्याउ खेतीकै आम्दानीले विवाहको खर्च जुटाउनुभएको हो । 

“प्राविधिक शिक्षा पढेका अधिकांश युवाको रोजाइँ निजामति सेवा प्रवेश हुन्छ”, कञ्चन कृषिवस्तु उत्पादन तथा प्रशोधन केन्द्रको प्रयोगशालाका सञ्चालक चुडामणि जोशी भन्नुहुन्छ, “निजामति सेवामा प्रवेश पाउन नसकेका युवाको दोस्रो रोजाइँमा बैदेशिक रोजगारी पर्ने गरेको छ, प्राविधिक शिक्षा पढेर स्वदेशमै स्वरोजगारमा संलग्न हुनेको सङ्ख्या विरलै देख्न पाइन्छ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो