२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपसभामुख रानाको गुनासो- उप भनेर मलाई हेप्‍न थाले

२०७९, १९ माघ बिहीबार ०९:०५

माघ १९, काठमाडौँ | उपसभामुख इन्दिरा रानाले उपसभामुखलाई हेप्ने गरेको बताएकी छिन्।

बिहीबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधिसभाका सदस्यहरूको लागि दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरू प्रयोग गरेर हेप्ने गरेको बताइन्। आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि सो कुरा जानकारी पाएको बताइन्।


उनले उपसभामुख अब चुप नभई (उपर) अर्थात् झनै माथि जाने भएको उल्लेख गरिन्। उनले संसदमा महिला सांसदहरूले जनताका समस्यलाई गुञ्जायमान गर्नुपर्ने बताइन्। उनले सांसदहरू काठमाडौं केन्द्रित हुनु नहुने भन्दै काठमाडौं केन्द्रित हुँदा जनताले गाउँ जाँदा राँको लिएर लखेट्ने बताइन्।

उनले भनिन्, ‘मैले केही गाउँहरू भिजिट गरेँ उपसभामुख भइसकेपछि उहाँहरूका लागि आवश्यक सामग्रीहरूको उपलब्धता छैन, यस्ता विषयहरू सदनमा गुन्जियोस्, सांसदहरूले यी कुराहरूमा ध्यान दिनुहुनेछ। उपसभामुखलाई उप, चुप भन्नेकुरा छ। मैले यसमा उप अब उपर जाने हो भनेर आएकी छु। महिला सांसदहरू हुनुहुन्छ, उहाँहरूले विभिन्न समस्या भोग्नुभएको छ, सांसदहरूले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ। हामी काठमाडौं केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा जनताले राँको बालेर खेदाउँछन्।’

उपसभामुख रानाले सांसदहरूले स्थलगत अवलोकन गरी त्यहाँका समस्याहरू संसद्‍मा उठाउनुपर्ने जिकिर गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से