2026-06-18 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमा गाडी नभएका मन्त्रालय भिडाएको भन्दै जनमतका मन्त्री आक्रोशित, अझै हुन सकेन शपथ

माघ २०, काठमाडौँ | मधेस प्रदेशमा भागबन्डा नमिल्दा मन्त्रीहरूको शपथ ग्रहणमा ढिलाइ भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको थियो । तर, मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेपछि अझै शपथ हुन सकेको छैन । 

भागबन्डा मिलाउन मन्त्रालय टुक्राएर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख मन्त्रालयहरू आफैँ राख्न खोजेपछि विवाद चुलिएको हो । 


दोस्रोपटकमा समाजिक विकास मन्त्रालय टुक्राएर स्वाथ्य तथा वातावारण मन्त्रालय जसपाले राखेको छ । समाजिक टुक्राएर शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय जनमतलाई दिने सहमति भएको छ । कर्मचारी, बजेट र गाडीसमेत नभएका मन्त्रालय जबरजस्ती भिडाएपछि जनमत पार्टीका नेताहरू आक्रोशित भएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा नेकपा (माओवादी केन्द्र) पनि असन्तुष्ट छ । मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार एमालेका राजकुमार लेखी गृह तथा सञ्चार, शत्रुधन महतो कोइरी महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनमतलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय जसपाले लिने जनाइएको छ । 

सरकारमा मन्त्री पठाउने विषयमा समेत असन्तुष्टि बढेको छ । दलका नेतासँग एमालेका सांसदहरूको बैठक बसिरहेको छ । दलहरूबीच सहमति शपथ नै अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो सबै कुराका लागि बजेट नै कुर्नुपर्दैन: अर्थमन्त्री वाग्ले टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु रास्वपाले बोलायो सचिवालय बैठक पखेटा घाइते भएको चराबाट हामीले लामो उडानको अपेक्षा गर्न सक्दैनौ: पर्यटनमन्त्री पौडेल फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी