९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेसमा गाडी नभएका मन्त्रालय भिडाएको भन्दै जनमतका मन्त्री आक्रोशित, अझै हुन सकेन शपथ

२० माघ २०७९, शुक्रबार ११:३०

माघ २०, काठमाडौँ | मधेस प्रदेशमा भागबन्डा नमिल्दा मन्त्रीहरूको शपथ ग्रहणमा ढिलाइ भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि शपथ ग्रहणको कार्यक्रम राखिएको थियो । तर, मन्त्रालय बाँडफाँटमा सहमति हुन नसकेपछि अझै शपथ हुन सकेको छैन । 

भागबन्डा मिलाउन मन्त्रालय टुक्राएर दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख मन्त्रालयहरू आफैँ राख्न खोजेपछि विवाद चुलिएको हो । 


दोस्रोपटकमा समाजिक विकास मन्त्रालय टुक्राएर स्वाथ्य तथा वातावारण मन्त्रालय जसपाले राखेको छ । समाजिक टुक्राएर शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय जनमतलाई दिने सहमति भएको छ । कर्मचारी, बजेट र गाडीसमेत नभएका मन्त्रालय जबरजस्ती भिडाएपछि जनमत पार्टीका नेताहरू आक्रोशित भएका छन् ।

मन्त्रिपरिषद् विस्तारमा नेकपा (माओवादी केन्द्र) पनि असन्तुष्ट छ । मुख्यमन्त्री कार्यालयका कर्मचारीका अनुसार एमालेका राजकुमार लेखी गृह तथा सञ्चार, शत्रुधन महतो कोइरी महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय, जनमतलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा वातावरण मन्त्रालय जसपाले लिने जनाइएको छ । 

सरकारमा मन्त्री पठाउने विषयमा समेत असन्तुष्टि बढेको छ । दलका नेतासँग एमालेका सांसदहरूको बैठक बसिरहेको छ । दलहरूबीच सहमति शपथ नै अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो