–राजु विक
प्रेमका लागि मानिस भौंतारिइरहेछ । प्रेमको खोजी गर्ने मानिसले प्रेम के हो चिन्न सकेको अवस्था छैन । प्रेमको कुरा गर्दा साथ धेरै मानिसले युवायुवतीबीचको श्रृङ्गारिक सम्बन्धमा लगेर प्रेमलाई जोडेको देखिन्छ ।
प्रेम के हो त ?
छोटो र सरल रुपमा भन्दा प्रेम हामी रहेको संसार हो । मानिस सांसारिक मोहमा फसेको हुनाले मुक्ति पाउन सकेको छैन भन्ने तर्क धेरै सुन्नमा आउँछ । मोह र प्रेम भन्ने कुरा धेरै फरक कुरा हुन् । मोहमा स्वार्थ, भोग, विलाश र संकृणता हुन्छ भने प्रेममा त्याग र वलिदानी हुन्छ । प्रेमको आकाश खुला र उदार हुन्छ । त्यो प्रेम कहाँ छ ? खोजौँ ।
प्रेम खोजेर पाइने चिज होइन । प्रेम दिएर पाइने चिज हो । संसारमा प्रेम गर्न जान्नेले मात्र प्रेम पाउँछ । प्रेम लिने भन्दा पनि दिने कुरा हो ।
जसले प्रेम दिन जानेको छ उसले लिनेको अपेक्षा गर्दैन । प्रेममा देन हुन्छ लेन हुँदैन ।
जसले प्रेम दिन जानेको छैन उसले सधैं प्रेम पाइन भनेर गुनासो गर्छ । विचार गर्नुहोस् है, यो पनि प्रेमको भोक हुन सक्छ । हामीले जे खेती लगायो त्यही फल्छ । प्रेमको खेती लगाए अवश्य पनि प्रेम फल्छ । जो प्रेमको खेती गर्न चुक्छ ऊ सधैँ प्रेमको भोको बन्छ । हामीले धेरै सुन्ने गर्छौं( “मलाई प्रेमीले धोका दियो । मलाई प्रेमिकाले धोका दिई । मलाई छोरा(छोरीले धोका दिए । जसलाई विश्वास ग¥यो उसैले धोका दिएर मेरो बेहाल भयो । मलाई ईश्वरले नै घात ग¥यो । ” वास्तवमा प्रेममा धोका र घात हुँदैन । प्रेममा लिङ्ग र स्तर हुँदैन । प्रेममा नाता सम्बन्ध पनि हुँदैन । प्रेममा ईश्वर, मानिस, पशु, कीट, वनस्पति यस्तै यस्तै केही पनि हँुदैन ।
जव प्रेममा धोका(घात, लिङ्ग(स्तर, नाता(सम्बन्ध, जात(वर्ग र लेनदेनको हिसाबकिताब हुन्छ त्यहाँ प्रेमको नाममा मृत्यु वा विनाश मात्र हुन्छ ।
प्रेममा सम्झौता वा लेनदेन हुँदैन । सम्झौता वा लेनदेन वाणिज्य क्षेत्रमा मात्र हुन्छ । मानौँ तपाईँ किराना पसले हो । म तपाईको पसलमा चिनी किन्न आएँ । मैले जति पैसा तपाईलाई दिन्छु त्यति नै मात्रामा चिनी दिनुहुन्छ । यदि मसँग पैसा छैन भने तपाईले मलाई चिनी या अन्य कुनै पनि कुरा दिनु हुँदैन । यस्तो लेनदेनको हिसाबकिताब प्रेममा हुँदैन ।
लेनदेन व्यापारमा हुन्छ । नाफा घाटाको हिसाबकिताव व्यापारमा हुन्छ । वस्तुविनिमयको सम्बन्ध हुने क्षेत्र व्यापार हो । प्रेम व्यापारिक वस्तु होइन । प्रेम भाव वा अनुभूति मात्र हो ।
भाव अमूर्त हुन्छ । यसको कुनै आकारप्रकार हुँदैन । यसको कुनै मापन पनि हुँदैन । त्यस्तै प्रेम हुन्छ ।त्यसैले प्रेम अमूल्य हुन्छ । यसको यात्रा अनन्त हुन्छ । यसको आकार विशाल हुन्छ ।
जति दियो त्यति बढ्ने र जति लुकायो त्यति घट्ने र हराउने वस्तु प्रेम नै हो । प्रेम बढाउने नै हो भने नलुकाऊँ, दिऊँ । प्रेमको सागर विशाल हुन्छ । यो कहिल्यै खडेरी नलाग्ने सागर हो ।
प्यासको सम्बन्ध सागरसँग हुन्छ । किनकि सागरमा पानी हुन्छ । पानी प्रेम हो । सागरको अस्तित्व हो ।
पानी बिनाको पनि सागर हुन्छ । यो कुरा गर्दा तपाईलाई अनौठो लाग्न सक्छ । मेरो अर्थमा पानी बिनाको सागर भन्नाले मरुभूमिलाई बुझ्नुपर्छ । किनकि मरुभूमिको आकार पनि विशाल हुन्छ । मरुभूमिको यात्रा पनि अनन्त हुन्छ ।जीवनरुपी संसार मरुभूमि हो । यो प्यासले भरिएको छ ।समुन्द्र उछिट्टिएर अन्यत्रै लाग्यो भने उक्त ठाउँमा मरुभूमि मात्र रहन्छ । जसको आत्माबाट प्रेमरुपी सागर उछिट्टिन्छ त्यो आत्मा मरुभूमि तुल्य हुन्छ, प्यासी र मृत हुन्छ ।
प्रेम बिहीन आत्मा हिंस्रक हुन्छ, सृजना शून्य हुन्छ जसमा जीवनको वास हुँदैन । जसमा आफू हुन्छ अरु हुँदैन । जव कसैले प्रेम गर्न जान्दछ तव आफूलाई बिर्सिन्छ ।
गँुडका बचराको प्रेमले आफू भोकले कमजोर र शिथिल भए पनि चुचोमा चारा च्यापेर उड्ने चरा यसका नमुना हुन सक्छन् । घारको प्रेमले पेटको रस ओकल्ने माहुरी यसका नमुना हुन सक्छन् । ताँतीको प्रेमले आफ्नो तौलभन्दा पचास गुणा बढी गह्रौँ भारी बोक्ने कमिला यसका नमुना हुन सक्छन् । देशको प्रेमले शहीद बन्ने महापुरुष यसका नमुना हुन सक्छन् । प्रेमबिहीन आत्माले अरु देख्दैन आफूमात्र देख्छ । जब मानिसले आफूलाई मात्र देख्छ तव प्रेम मर्छ । विनाशको बीज रोपिन्छ । प्रेम मरेको आत्मा जूनतारा लुटिएको अँधेरी रात जस्तै हुन्छ ।
प्रेमको दियो बल्ने आत्मा घमाइलो दिन जस्तै उज्यालो, न्यानो र जीवनदायी हुन्छ । जुनेली रात जस्तै कान्तीमय र शितल हुन्छ ।
प्रेम मरेको संसार अशान्ति र हिंसातिर लम्किन्छ । प्रेम मरेको आत्माले आफू र अरु दुवैलाई मार्छ ।मृत्यु जड हुन्छ । जीवन सजीव, स्वाभाविक र सरल हुन्छ । प्रेमपूर्ण वातावरणकै कारण जीवन सम्भव भएको हो । सजीव वस्तुहरुको सघन र समिश्रित रुप जीवन हो । जव प्रेम मर्छ तव मृत्यु मिल्छ । प्रेमबिहीन आत्मा हिंस्रक हुन्छ ।
आत्मामा प्रेम मरेपछि मानिस युद्धप्रेमी हुन्छ । आत्मामा प्रेम मरेपछि मानिस अपराधी बन्छ ।जव मानिसको आत्मामा प्रेमको दीप निभ्छ तव संसारमा विनाशको अँध्यारो
छाउँछ ।
जीवनको अर्थ प्रेम हो, विनाश होइन । विनाश जड हुन्छ । जीवन सजीव, गतिशिल र स्वाभाविक हुन्छ ।
खान नजाने सधैँ खाने खानाले पनि गलो लागेर मर्न सकिन्छ । पिउँन नजाने आमाकै दूधको पनि सर्को पर्न सक्छ । उपयुक्त प्रयोगले विष पनि औषधी बन्न सक्छ । अनुपयुक्त प्रयोगले अँध्यारो हटाउन बालेको बत्तीले पनि आगालागी हुन सक्छ । गर्न नजानेको खण्डमा प्रेम पनि विनाशको कारण बन्न सक्छ ।
तर प्रेम विनाश होइन, जीवन हो । प्रेम जीवनरुपी रथलाई गति र दिशा निर्देश गर्ने शक्ति हो । प्रेमकै कारण मानिस दुःखै(दुःखको बीचमा पनि हाँसेर बाँच्न सकेको छ । जो प्रेमले बाँच्न सक्छ उसले अमरत्व प्राप्त गर्न सक्छ । जीवनरुपी दियोलाई प्रेमरुपी इन्धनले जलाऔँ । प्रेमले बाँचौँ र बँचाऔँ । जीवन सार्थक पार्ने कडी यही नै हो, तपाई के भन्नु हुन्छ ?