फागुन २, काठमाडौं | आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आजदेखि घरेलु मैदानमा सुरु भएको लिग टु शृखंलामा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीय मैदानमा नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको हो ।
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु भएको हो ।
आजको खेलमा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने योजनामा छ । सन्दिप लामिछाने उक्त खेलमा पनि सहभागी हुँदै छन् ।