११ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कुशल भुर्तेल बने एकदिवसीय अन्तर्राष्ट्रियमा शतक पुरा गर्ने चौथो खेलाडी

२ फाल्गुन २०७९, मंगलवार १०:५०

फागुन २, काठमाडौँ | कुशल भुर्तेलले नामिबियाविरुद्धको खेलमा शतक प्रहार गरेका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ९९ बलमा ९ चौका र ४ छक्काको सहायतामा शतक पुरा गरेका हुन्। पारस खड्का, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि भुर्तेल एकदिवसीयमा शतक पुरा गर्ने चौथो नेपाली खेलाडी हुन्।


नेपालका ओपनर आशिफ शेख शुन्य रनमै आउट हुँदा ज्ञानेन्द्र मल्लले २५ रन बनाए। त्यस्तै कप्तान रोहितकुमार पौडेलले ७२ रन बनाउँदा कुशल मल्लले ६ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए। क्रिजमा अहिले भुर्तेल र सुन्दीप जोरा छन्। ४१.१ औं ओभरमा नेपालले ५ विकेट गुमाएर २३४ रन बनाएको छ।

२८६ रनको लक्ष्य

टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २८५ रन बनाएको छ। नामिबियाका लागि शतकीय पारि खेल्दै मिचेल भान लिन्गेनले सर्वाधिक १ सय ३३ रन बनाए। त्यस्तै कप्तान गेहर्राड इरसमसले ५६ रन बनाउँदा जेन ग्रीनले ३४ रन बनाए। बलिङतर्फ नेपालका करण केसीले सर्वाधिक ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ तथा कुशल मल्ल र सोमपाल कामीले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कम्बोडिया काण्डमा प्रधानमन्त्री ओलीलाई हत्कडी लगाएर छानविन गर्नुपर्छ: राप्रपा काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई प्रसाईंलाई सर्वोच्च अदालतबाट वीर अस्पताल लगियो एनपीएलमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा ग्रुपले कार दिने दृष्टिविहीन विश्वकप क्रिकेट : नेपालको लगातार दोस्रो जीत घरको फोहोर सडकमा थुपार्दा १० हजार जरिवाना हिरासतबाट रविको चेतावनी- राज्यले यसरी दुःख दिने हो भने नीलो क्रान्तिको रङ्ग बदल्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता लिलाबल्लभको बयान : म आफैँ पीडित हुँ, अपराधमा संलग्नलाई पक्राउ गर्न सहयोग गरेँ रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा सुनुवाइ सकियो इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु विदेश पठाइ दिने बहानामा ठगी गर्ने तीनजना पक्राउ रिहा हुनासाथ पशुपतिनाथ मन्दीर पुगे पूर्वमन्त्री अधिकारी रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन नतिजा सार्वजनिक भएको सात वर्षपछि परीक्षा रद्द सर्वोच्च अदालतको बोर्डमा कालोमसी छर्किएकी बिनु यादव पक्राउ प्रदर्शनको तीन दिनमा कति कमायो फिल्म ‘तेल भिसा’ ले ? एनपीएलका लागि टिकट मूल्य सार्वजानिक, कुन दिनको कति पर्छ टिकटको मूल्य ? भुजेलको गाडीले ठक्कर दिँदा मृत्यु भएका नगरकोटी दम्पतीका दुई छोरीको अभिभावक बन्ने प्रचण्डको घोषणा आज मंगलबार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?