२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

ह्यारीले श्रमदान गरेको विद्यालय भवनबाट पठनपाठन सुरु

२०७३, ४ आश्विन मंगलवार ०९:२२

असोज ४, गोरखा । बेलायती राजकुमार ह्यारीले श्रमदान गरेको उत्तरी गोरखाको लापु–३ लापुबेँसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय पुनःनिर्माण हुँदाहुँदै पढाई सञ्चालन गरिएको छ । 

“पानी परेपछि टहरोमा पठनपाठन गर्न गाह्रो भो” प्रध्यानाध्यापक जीतबहादुर गुरुङले भन्नुभयो – “भवन पुनःनिर्माण भइनसकेपनि नियमित पठनपाठन सुरु गरेका छौँ ।” 

ह्यारीले श्रमदान गरेको विद्यालय भवन पुनःनिर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको विद्यालयले जनाएको छ । “भवनमा रङ लगाउन बाँकी छ” – उहाँले भन्नुभयो । 

नेपालमा आफ्नो छदिने औपचारिक भ्रमण सकेपछि राजकुमार ह्यारीसहितको टोली स्कुल पुनःनिर्माणमा सघाउन भन्दै गत चैत १० गते लापुबेँसी पुग्नुभएको थियो । लापुबेँसीमा छ दिनको बसाइमा ह्यारीले डोकोमा ढुङ्गा र काठ बाकेर विद्यालय भवन पुनःनिर्माणमा सहयोग गर्नुभएको थियो । 

ह्यारीसहितको १८ जनाको टोलीले विद्यालयको १२ कोठे भवन पुनःनिर्माणमा श्रमदान गरेका हुन् । स्थानीय कामदारसँग मिलेर ह्यारीले वनबाट काठ बोक्ने, ढुङ्गा बोक्ने काम गर्दै भवन पुनःनिर्माणमा सहयोग गरेपछि स्थानीयवासी खुसी भएका थिए । बेलायती परोपकारी संस्था टिम रुविकन युकेले पुनःनिर्माण सुरु गरेको विद्यालय भवन पुनःनिर्माणमा सघाउन ह्यारी सडक मार्गबाट करिब चार घन्टा पैदल हिँडेर लापुबेँसी पुग्नुभएको थियो । 

भूकम्पपछि छिमेकी विद्यालयका भवन पुनःनिर्माणमा दातृ निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था ओइरिएका बेला विकासको दृष्टिले पछाडि परेको उक्त विद्यालयको टहरो पनि बनाउन सकिएको थिएन । त्यसैबेला टिम रुविकन युकेमार्फत एक टोली विद्यालय पुनःनिर्माणमा सघाउने भन्दै गाउँ पुगेको थियो । पछि सोही संस्थाले राजकुमार ह्यारीलाई विद्यालय पुनःनिर्माणमा श्रमदान गराउन गाउँ पु¥याएको हो । १९८ विद्यार्थी पठनपाठन गर्दै आएको विद्यालयमा तीनजना शिक्षकमात्रै सरकारी दरबन्दीका छन् । अन्य आठजना शिक्षकलाई निजी स्रोतबाट पारिश्रमिक दिनुपर्दा विद्यालय समस्यामा छ । 

विद्यालयको समस्या 

राजकुमार ह्यारीले श्रमदान गरी पुनःनिर्माण गरिएको उक्त विद्यालयमा चर्चा भएजति भौतिक संरचना छैन । विद्यालय भवन पुनःनिर्माणको जिम्मा लिएको संस्थाले तीव्र गतिमा काम अघि बढाउन नसक्दा विद्यालयको पुनःनिर्माण सक्न अझै समय लाग्ने देखिन्छ । टिम रुविकन युकेले विद्यालयमा सौर्य बत्ती पनि जडान गरिदिएको छ । 

“विद्यालयमा खानेपानीको सुविधा छैन । टेबुल, कुर्सी, डेक्स, बेन्च छैन”, प्रअ गुरुङले गुनासो गर्नुभयो – “भूकम्पले विद्यालय भत्कँदा फर्निचर पुरियो । काम भएका पनि नलाग्ने छन् ।” हालै युके नामक संस्थाले रु दुई लाखमा पाँचकोठे शौचालय निर्माण गरेपछि विद्यार्थी तथा शिक्षकलाई सहज भएको छ । 

दश कक्षासम्म चलेको विद्यालयमा सरकारी दरबन्दीका शिक्षक कम हुँदा आन्तरिक स्रोतबाटै पारिश्रमिक दिनुपर्ने शिक्षक बढी भएकाले आफूले चिनेका राजधानीस्थित ट्रेकिङ कम्पनीबाट विद्यालय सञ्चालनमा सहयोग गरिदिन चन्दा माग्नुपरेको छ भन्दै प्रअ गुरुङले एक महिनाका लागि रु एक लाख खोज्नुपर्छ, दसैँ आइसक्यो तलब खुवाउन सकेको छैन भन्नुभयो । 

विद्यालयमा टाढाबाट पढ्न आउने विद्यार्थीका लागि छात्रावासको सुविधा थियो । भूकम्प पछि विद्यार्थी टेन्ट तथा त्रिपालले बनाइएको छात्रावासमा बसेका थिए । तर त्रिपाल टाँगिएको बारीमा खेती लगाएपछि अहिले स्थानीयवासीको घर घरमा विद्यार्थी बस्दै आएका छन् । “विद्यालयको तर्फबाट विभिन्न निकायमा विद्यार्थीलाई दाल, चामल सहयोग माग गरेको छु” – प्रअ गुरुङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध