२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसिसी विश्वकप क्रिकेट: नेपालले स्कटल्याण्डसँग खेल्ने

२०७९, ४ फाल्गुन बिहीबार ०६:३९

फागुन ४, काठमाडौँ | आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट परिषद्) विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्याण्डसँग खेल्ने भएको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपालले स्कटल्याण्डलाई पराजित गर्ने साँेचका साथ मैदानमा उत्रनेछ । यसो त आइसिसी क्रिकेट विश्वकप लिग २ को विजेता बनिसकेको स्कटल्याण्डलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । कीर्तिपुरखेल मैदानमा बुधबार भएको खेलमा स्कटल्याण्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग २ को विजेता बनेको थियो । स्कटल्याण्ड आफ्नो ३ खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो । 

यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो । यसकारण पनि स्कटल्याण्डलाई पराजित गर्ने नेपालको लक्ष्य रहेको छ । नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षणमा नेपाललले पहिलो पटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियामाथि दुई विकेटले पराजित गर्दै एतिहासिक सफलता हासिल गरेको हो । 

लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्ड ३३ खेलमा २३ मा जित र आठ खेलमा हार बेहोरेको छ ।  स्कटल्याड ४८ अङ्कका साथ शिर्ष स्थानम छ । स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कूल तीन खेल खेल्न बाँकी छ । बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ । उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन् ।

त्यस्तै लिग–२ मा नेपालले अब ११ खेल्न बाँकी छ । २५ खेलमा नौ मा जित र १४ खेलमा मा हार बेहोरेको नेपाल २० अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । एकदिवशीय मान्यता पाएका विभिन्न सात एशोसिएट राष्ट सहभागी लिग २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवशीय मान्यता बनाई रहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ । 

नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवशीय विश्वकप छनोट प्लेअफमा पपुवा न्यूगिनीलाई पराजित गरी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । नेपालको त्यो एकदिवशीय मान्यता आगामी जुलाइसम्म मात्र रहनेछ । एकदिवसीय मान्याता पाउनलाई पनि नेपालललाई बाँकी खेल जित्नै पर्ने दबाब छ । एकदिवसीय मान्यता पाउन लिग २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ । 

यसैगरी लिग २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अङ्कका साथ दोस्रो स्थानमा छ । नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अङ्कका साथ चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अङ्कका साथ पाँचौँ स्थानमा छ । पपुवा न्यूगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अङ्क जोड्दै अन्तिम स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ: यामलाल कँडेल मानव अधिकार आयोगको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ, यो अत्यन्तै महत्वको छ: राजेन्द्र लिङ्देन संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो: प्रचण्ड राष्ट्रपति पौडेलले गरे गणतन्त्र दिवसमा विशेष सम्बोधन सुनचाँदीको मूल्यमा वृद्धि