फागुन ५, काठमाडौँ | आइसिसी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत स्कटल्याण्डले दिएको २७५ रन पन्छाएको नेपालले खराब शुरुआत गरेको छ ।
कुल स्कोर ३१ हुँदा २ दशमलब १ ओभरमा व्यक्तिगत १६ रनमा कुशल भुर्तेल आउट भए ।
यस्तै सोही ओभरको चौथो बलमा टिमको स्कोर ३५ हुँदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । स्कटल्याण्डका लागि दुबै विकेट क्रिस सोलेले लिएका हुन् । अहिले क्रिजमा कप्तान रोहित पौडेल र आसिफ शेख छन् ।
यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २७४ रन बनाएको थियो ।