फागुन ५, काठमाडौँ | कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक छ ।
टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।
४० औं ओभरको समाप्तिमा नेपालले ७ विकेट गुमाएर २३१ रन बनाएको छ।
नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाउँदा आशिफ शेख ९, कप्तान रोहित पौडेल ६, ज्ञानेन्द्र मल्ल ४ , सुन्दीप जोराले ५ रन बनाए। त्यस्तै, कुशल मल्ल ८१ रन बनाएर आउट भए भने गुल्सनले २८ बलमा १ चौकासहित १७ रन बनाए। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामी क्रिजमा छन्।