फागुन ५, काठमाडौँ | कीर्तिपुरमा जारी स्कटल्याण्डविरुद्धको एकदिवसीय सिरिजको खेलमा नेपालले स्कटल्याण्डमाथि ३ विकेटको जित हासिल गरेको छ ।
२७५ रनको लक्ष्य पछ्याएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाएर जित हासिल गरेको हो ।
टस हारेर ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।
नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो ।