फागुन ६, काठमाडौँ | कीर्तिपुरमा जारी नामिबियाविरुद्ध दोस्रो एकदिवसीय सिरिजको खेलमा नेपाललाई जितका लागि १० ओभरमा ४४ रन आवश्यक छ ।
टस हारेर ब्याटिङमा उत्रिएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएको थियो।
४० औं ओभरको समाप्तिमा नेपालले ३ विकेट गुमाएर २३४ रन बनाएको छ।
नेपालका लागि कुशल भुर्तेलले १ रन बनाउँदा ज्ञानेन्द्रले ७४ र आशिफ शेख ८१ रन बनाएर आउट भएका हुन्। विकेट जोगाउन संघर्ष गरिरहेको नेपालका लागि कुशल मल्ल ४२ रन र रोहितकुमार पौडेल ३१ रनको साथ क्रिजमा छन्।