2026-09-21 07:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आदिल अन्सारीले गरे फिक्सिङ आरोप अस्वीकार, कम्मरको दुखाइले वाइड र नो बल भएको दाबी (बयानसहित)

फागुन ८, काठमाडौँ | स्पट फिक्सिङ आरोपमा पक्राउ परेका क्रिकेटर आदिल अन्सारीले आफुमाथि लागेको आरोप अस्वीकार गरेका छन् । आफूलाई फिक्सिङका लागि अप्रोच आएको भए पनि त्यसलाई आफूले स्वीकार नगरेको उनको दाबी छ ।

आफुलाई भएको अप्रोचका विषयमा एन्टी करप्सन युनिटलाई जानकारीसमेत गराएको बयान आदिलले प्रहरीलाई दिएका छन् । खेलका क्रममा फ्याकेको ‘नो बल’ नियतवश नभएको उनले बताएका छन् ।

यस्तो छ काठमाडौं जिल्ला सरकारी वकिलसँग अन्सारीले गरेको बयानः

हाल सम्पन्न भएको नेपाल टी-२० लिग शुरु भएको केही दिनपछि सामान्य चिनजान भएका भारतका समिर शेख भन्ने व्यक्तिले म पनि लिगमा खेल्न लागेको थाहा पाई मलाई मैले प्रयोग गर्ने मोबाइल नम्बरमा हेलो भनी मेसेज पठाएका थिए ।

सोपश्चात ह्वाट्स एपमै कल गरी ‘मेरो लागि एउटा नो बल र वाइड बल फालिदेउ, त्यसबापत १ लाख रकम दिनेछु’ भनी प्रस्ताव राखेका थिए । तर मैले निजलाई तत्कालै यस्तो विषयमा मसँग कुरा नगर्नु भनि निजसँग कुरा गर्न छाडिदिएको थिएँ ।

मैले निजको एप्रोच तत्कालै अस्वीकार गरेको हुँ र निजले भनेअनुसार खेल खेलेको पनि छैन । सो विषयमा नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई समेत जानकारी गराएको थिएँ ।

सन् २६ डिसेम्बर २०२२ मा भएको खेल खेल्ने क्रममा बायाँ भागको कम्मरको नशामा समस्या आएपछि मैले तत्काल टीम कोचलाई जानकारी गराएपछि हाम्रो टीमको फिजियोथेरापिस्ट कर्मा छोडोन गुरुङले मलाई सामान्य उपचार गरिसकेपछि म पुनः खेल खेल्नको लागि मैदानमा गएको थिएँ ।

सो पश्चातको खेलमा पनि मैले अलराउण्डरको रुपमा खेल खेलि बलिङ गरेको थिएँ । हाम्रो टिममा तिव्रगतिको बलर नभएको कारण मलाई नै बलिङ गर्नको लागि कोचले निर्देशन दिएको कारण मैले बलिङ गरेको थिएँ ।

मलाई बायाँ भागको कम्मरमा समस्या आएकै कारण मिति २०७९ पौस १२ गते सम्पन्न भएको काठमाडौं नाइट्स र जनकपुर रोयल्सबीचको खेलको बाह्रौँ ओभर र मिति २०७९ पौष १४ गते सम्पन्न भएको जनकपुर रोवल्स र फार वेस्ट यूनाईटेड बीचको खेलको छैठौं ओभरमा दुखाईको कारण एक नो बल र एक वाईड बल हुन गएको हो । मैले समिर शेखले भनेअनुसार बलिङ गरेको होइन ।

सामान्य रकम प्रस्ताव गरेको हुँदा मैले यसमा निजले मसँग मजाक गरेका होलान् भनि गम्भीरतापुर्वक लिएको थिइनँ । खेलकै दौरान मलाई कल आएको एक-दुई दिनपछि विभिन्न सञ्चारमाध्यमहरुमा म्याच फिक्सिङ र स्पट फिक्सिङका बारेमा समाचार प्रकाशन-प्रसारण भएको र सर्वसाधारण समेतले यस बारेमा चर्चा–परिचर्चा हुन थालेपछी समिर शेखले मलाई फिक्सिङमा प्रयोग गर्न खोजेको हुनसक्छ भनि नेपाल क्रिकेट संघका म्यानेजर विनोद दासलाई उक्त एप्रोचको बारेमा जानकारी गराएको हुँ ।

निजको सल्लाह बमोजिम सोको भोलिपल्ट एन्टी करप्सन युटिन म्यानेजर बिर सिंहलाई जानकारी गराएको हुँ ।

मैले निज समिर शेखले भने अनुसार खेल नखेलको र निजसँगबाट रकम समेत लिएको छैन । तर निज समिर शेखले मजाक मजाकमा नो बल र वाईड बल फाल्न भनेपछि निजलाई मैले अब यस्तो नगर्नु भनि चेतावनीसमेत दिएर निजसँग कुरा गर्न छाडेको थिएँ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो