फागुन ९, काठमाडौं | आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले स्कटल्यान्डविरूद्ध अर्धशतक प्रहार गरेका छन्।
जारी खेलमा पौडेलले ५४ बल खेल्दै ५० रन जोडेका हुन्। उनले २ छक्का र ४ चौका प्रहार गरे।
३० ओभरको खेल चलिरहँदा नेपालले ७ विकेट गुमाएर १२६ रन बनाएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भएको थियो।