फागुन ९, काठमाडौं | आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपाललाई जितका लागि ४९ बलमा १० रन आवश्यक छ । करण केसी र रोहितकुमार पौडेलले नवौं विकेटका लागि ५० रनको साझेदारी पूरा गगरिसकेका छन् । नेपालको इनिङ्समा यो सर्वाधिक साझेदारी हो ।
स्कटल्यान्डले दिएको २१३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा रोहितले रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाएका हुन्।
त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल स्कटल्याण्डविरुद्ध ब्याटिङमा छ। यो समाचार तयार पार्दासम्म नेपाल ४१ ओभर पूरा गर्दा ८ विकेट गुमाएर १९८ रन बनाएको छ।