2026-09-21 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपलाई यूएई लैजान माग गरेको क्यानको पत्र राखेपले दर्ता नै गरेन

फागुन ११, काठमाडौं | राष्ट्रिय खेलकुद परिषदले क्रिकेट सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय टिमको यूएई भ्रमणमा समावेश गर्न कुनै पहल नगर्ने भएको छ । अदालतको फैसलाभन्दा बाहिर गएर केही पनि गर्न नमिल्ने भन्दै राखेप टक्टकिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपलाई यूएई लैजाने वातावरण बनाउनका निम्ति आवश्यक पहल गर्न राखेपसँग अनुरोध गरेको थियो । क्यानका महाप्रवन्धक वृतान्त खनालले अदालतसँग समन्वय गरिदिनका निम्ति राखेपलाई लिखित पत्र पठाएका थिए । तर, क्यानको पत्र राखेपले दर्ता नै गरेको छैन ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले सन्दीपका विषयमा कुनै कानूनी पहल नहुने बताए । उनले आधिकारिकरुपमा क्यानको चिठी दर्ता नभएको समेत जानकारी दिए ।

‘हामीले अदालतको आदेशलाई सम्मान गर्नुपर्छ । विदेश जान नपाउने भनेर स्पष्ट आदेश भएको हुँदा हामी त्यसलाई चुनौती दिन सक्दैनौं । राखेपको धारणा यत्ति हो,’ उनले भने ।

घिसिङले अदालतको पूर्ण सुनवाइबाट मात्रै पुरानो आदेश उल्टिनसक्ने भन्दै अरु विकल्प नरहेको समेत बताए ।

‘हामीले अनुरोध गरेर अदालतको आदेश उल्टिन होइन । पूर्ण सुनवाइकै प्रतीक्षा गर्नुपर्छ । प्रचलित एन र कानूनी अभ्यासभन्दा बाहिर हामी जान सक्दैनौं,’ उनले भने ।

क्यान स्रोतका अनुसार राखेपलाई गत शुक्रबार नै पत्र पठाइएको हो । यसबीचमा क्यानका प्रतिनिधिहरुले राखेपमा पुगेर कुराकानीसमेत गरेका थिए । कुराकानीका क्रममा राखेपका अधिकारीहरुले १२ गतेको पेशीमा नै अदालतसमक्ष यो कुरा राख्न सुझाव दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो