2026-09-21 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यात्रा प्रतिबन्ध लगाएको उच्चको आदेशविरुद्ध सर्वोच्च पुगे सन्दीप

फागुन ११, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्मकार मुद्धामाथि सुनुवाई गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो ।

यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जान पाउनेछैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् ।

गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । यस्तै, उक्त आदेशमार्फत उच्चले विदेश यात्रामा समेत प्रतिबन्ध लगाएको थियो ।

नेपालले यही फेब्रुअरी २७ देखि यूएईमा त्रिदेशीय सिरिज खेल्ने छ । आईसीसी विश्वकप लिग–टू अन्तर्गत नेपालले यूएईमा ४ खेल खेल्ने तालिका छ । नेपालमा भर्खरै सम्पन्न त्रिदेशीय सिरिजमा नेपाललाई उपाधि दिलाउनेक्रममा ४ खेलबाट १३ विकेट लिएका थिए । उनले सुरुका ३ खेलमा समान ३/३ विकेट र अन्तिम खेलमा ४ विकेट लिएका थिए ।

नेपालले यूएई भ्रमणका क्रममा आयोजक यूएई र पपुवा न्यू गिनी (पीएनजी)सँग समान २÷२ खेल खेल्नेछ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आज विहीबार १५ सदस्यीय खेलाडीको सूची सार्वजनिक गरिसकेको छ । क्यानले घोषणा गरेको टोलीको सूचीमा लामिछानेको नाम छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो