2026-09-21 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यू–१९ विश्वकप छनोटमा नेपाल र सिंगापुर भिड्दै, को-को छन् नेपाली टिममा ?

फागुन १२, काठमाडौं । आजदेखि युएईमा सुरु हुने आईसीसी यू–१९ विश्वकपको एसिया छनोट अन्तर्गत नेपाल र सिंगापुरबीच प्रतिष्पर्धा हुँदैछ । युएईको अमजानमा खेलाइने खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरु हुनेछ ।

सन् २०२४ मा श्रीलंकामा आयोजना हुन लागेको यू–१९ विश्वकपमा छनोट हुने लक्ष्य सहित नेपालले आजको खेल खेल्नेछ । खेलमा राष्ट्रिय टोलीबाट समेत क्रिकेट खेलिसकेका देव खनालले कप्तानी गर्दैछन् । यसअघि गुलशन झालाई कप्तान नियुक्त गरेपनि लिग टुका लागि गुलशनलाई सिनियर टोलीमै समावेश गरिएपछि देव यू–१९ को नयाँ कप्तान चयन भएका हुन् ।

छनोटमा नेपाल र आयोजक युएईसहित सिंगापुर, कुबेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । राउण्ड रोविन लिगको खेलपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष हुने यू–१९ विश्वकपमा छनोट हुनेछ । आजै युएई र मलेसिया तथा हङकङ र कुवेतबीच पनि खेल हुँदैछ । 

आजको खेलपछि अब नेपालले दोस्रो खेल २५ फेब्रुअरीमा कुबेतसँग र तेस्रो खेल २७ फेब्रुअरीमा हङकङसँग खेल्नेछ । त्यस्तै मलेसियासँग २८ फेब्रुअरीमा र अन्तिम खेल घरेलु टोली युएईसँग २ मार्चमा खेल्नेछ ।

नेपाली टिममा को-को छन् ?

देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा (क), दिपक बोहरा (ख), उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल विक्रम केसी, मिलन बोहरा र आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो