फागुन १२, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने यूएई जान पाउने कि नपाउने भन्ने टुंगो आइतवार मात्र लाग्ने भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको इजलासले सन्दीपको निवेदनलाई अर्को मुद्दासँगै राखेर आइतवार पेश गर्न आदेश दिएको हो ।
सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले सर्वोच्चमा पुनरावेदन गरेको छ ।
उक्त मुद्दा समेत शुक्रवार पेशीमा चढे पनि सुनुवाइ भने हुन सकेन ।
'दुवै निवेदनलाई आइतवार एक साथ राखेर सुनुवाइ गर्ने आदेश भएको छ,' सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए ।