2026-07-24 09:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पीएनजीविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

फागुन १५, काठमाडौँ | यूएईमा आजदेखि सुरु हुने त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएजनी)विरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गत दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा ११ : ४५ बजे सुरु हुने खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले पीएनजीलाई ब्याटिङको निम्तो दिएका हुन्।

नेपालले गत साता घरेलु मैदानमा स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिदेशीय शृंखला क्लिन स्वीप गर्दा चारै खेलमा दोस्रो ब्याटिङ गरेको थियो। नेपालले लक्ष्य पछ्याउँदा उत्कृष्ट प्रदर्शन गरिरहेकाले रोहितले नयाँ परीक्षण गर्न नचाहेको करिब निश्चित छ।

एकदिवसीय मान्यता बचाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने दबाब छ। यस्तै, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी आठै खेलमा जित निकाल्नु पर्ने दबाब छ।

यो लिग २ को दोस्रो अन्तिम त्रिदेशीय शृंखला हो। नेपाल र पीएनजीसँगै घरेलु टिम यूएई सम्मिलित यो शृंखलामा नेपालले बिहीबार यूएईसँग खेल्ने छ। यस्तै, शुक्रबार पीएनजी र आगामी सोमबार यूएईसँग खेल्दै लिग २ अन्तर्गत अन्तिम भ्रमण टुङ्ग्याउने छ।

नेपालमा मार्च ९ देखि सुरु हुने शृंखलामा पनि नेपालसँगै पीएनजी र यूएई नै सहभागी हुनेछन्। स्कटल्यान्ड यसअघि नै च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो र नामिबिया तेस्रो स्थानमा छन्। यूएसए चौथो तथा यूएई पाँचौं स्थानमा छ। नेपाल पाँचौं तथा पीएनजी छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक