2026-07-26 09:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईसीसी विश्वकप लिग–२ :नेपाललाई दोस्रो सफलता, गुल्शनले लिए विकेट

फागुन १५, काठमाडौँ | आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका लागि दोस्रो विकेट गुल्शन झाले लिएका छन्।

नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चेर दुई मेडन राख्दा डेब्यूट्यान्ट प्रतिश जिसीले चार ओभरमा २३ रन खर्चिएका छन्। दीपेन्द्रसिंह ऐरीले एक ओभरमा मेडन राखेका छन्।

पीएनजीका लागि ओपनर टोन उरा १३ बलमा दुई रन जोडेर आउट हुँदा विकेटकिपर किप्लिन डोरिगा ५९ बलमा चार चौकासहित २९ बनाएर पेभेलियन फर्केका हुन्। डोरिगा गुल्शनको बलमा करण केसीको हातबाट क्याच आउट भए। सेसे बाउ १८ रन बनाएर खेलिरहेका छन्। गुल्शनले चार ओभरमा १७ रन खर्चेर एक विकेट लिएका हुन्।

दुबईको इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा २०औं ओभर सकिँदा दुई विकेटको क्षतिमा पीएनजीले जम्मा ६८ रन बनाएको छ। 

नेपाल यो सिरिजका सबै खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ। अब हुने ८ खेलमा ७ वटा जितेमा नेपाल उत्कृष्ट तीनमा पुग्दै विश्वकप टनोट खेल्नेछ।

एकदिवसीय मान्यता जोगाउनका लागि कम्तिमा पाँच खेल जित्नुपर्ने चुनौती नेपालसामु छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली