फागुन १५, काठमाडौँ | आइसीसी विश्व लिग २ मा नेपाललाई पिएनजीविरुद्ध छैठौं सफलता हात परेको छ ।
टस जितेर पहिला बलिङ गरेको नेपालका लागि छैठौं सफलता कुशल मल्लले दिलाएका हुन् ।
उनको यो खेलमा पहिलो विकेट रहेको छ । कुशलले ३८ रन बनाएका अर्शद भालाको विकेट लिएक हुन् ।
भाला ५३ बलमा ३६ रन बनाएका थिए । उनलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गरेका हुन् ।
पिएनजी ३७ ओभरको समाप्तीमा १३३ रन बनाउँदा छ विकेट गुमाएको छ ।
नेपालका लागि गुल्शन झाले तीन तथा सोमपाल कामी र एक दिवसीयमा डेब्यु गरेका प्रतिश जिसीले एक एक विकेट लिएका थिए ।