2026-07-26 11:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हङकङमाथि ९ विकेटले नेपाल विजयी, लगातार तेस्रो खेलमा जित

फागुन १५, काठमाडौँ | हङकङलाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार तेस्रो जित दर्ता गरेको छ। 

सोमबार भएको नेपालले हङकङलाई हराउँदै छनोटको सम्भावना बलियो बनाएको छ। 

हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

दोस्रो विकेटका लागि ओपनर आकाश त्रिपाठी र र उत्तम रञ्जु थापा मगर ९८ रनको साझेदारी गरे। आकाश ६४ र उत्तम ३९ रनमा नटआउट रहे।

आकाशले ७२ बलमा ५ चौका र ४ छक्का हाने। उत्तम ५० बलमा ४ चौका हाने। अर्जुन कुमाल १६ रनमा क्याच आउट भए। 

युएईको मलेक क्रिकेट ग्राउन्ड एकमा टस जितेर ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा १ सय २० रन बनाउँदा अल आउट भयो। 

हङकङका पार्थ भावत ३६ र मोहम्मद अलियान जाहिर २९ र आशना त्रिवेदी ११ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

नेपालका हेमन्त धामाीले ३ विकेट लिए। ९ ओभर बलिङ गरेका हेमन्तले ३ मेडन राख्दै ३७ रन खर्चे। आकाश चन्द र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कँडेलले १ विकेट आफ्नो नाममा गरे। 

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ तथा कुवेतलाई २ सय ४३ रनको विशाल अन्तरले हराएको थियो। 

६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउनेछ। प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली