फागुन १५, काठमाडौँ | आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा चौंथो विकेट गुमाएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले चौंथो विकेट गुमाएको हो ।
नेपालले ३० ओभरको समाप्तिमा चार विकेट गुमाएर १४४ रन बनाएको छ । अब नेपाललाई जितका लागि २० ओभरमा ६० रन आवश्यक छ ।