फागुन १६, काठमाडौँ | दुई स्पिनरले घातक बलिङ गरेपछि नेपालले आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा मलेसियालाई ७२ रनमै रोक्न सफल भएको छ।
यूएईस्थित मलेका क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसिया ३५ दशमलव ३ ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रनमा सीमित भयो।
दीपेश कँडेलले १० ओभरमा ४ मेडन राखेर ११ रन मात्र दिए। यस क्रममा उनले ४ विकेट लिन सफल भए भने अर्का तीव्र गतिका बलर आकाश चन्दले ३ विकेट लिन सफल भए।
मलेसियाका लागि मुहम्मद अक्रम मालेकले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद सायाहिरले १२ रन बनाए ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनले हराएको थियो भने तेस्रो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो ।