१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई बागमती सरकारले एक लाख दिने

१६ फाल्गुन २०७९, मंगलवार ०८:३२

फागुन १६, काठमाडौँ | जंगली हात्तीको आक्रमणबाट मुत्यु भएका व्यक्तिको परिवारलाई बागमती प्रदेश सरकारले प्रतिपरिवार एक लाख रुपैयाँ क्षतिपूर्ति दिनेभएको छ ।

प्रदेश सरकारको आज मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गएको साता हात्तीको आक्रमणबाट मृत्यु भएका  मकवानपुरका २ जना र सिन्धुलीका १ जनाका परिवारलाई प्रतिपरिवार एक-एक लाख रुपैयाँका दरले  क्षतिपूर्ति दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषदको बैठकले जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका परिवारलाई क्षतीपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।

गएको साता जंगली हात्तीको आक्रमणबाट  मकवानपुर मनहरी–४ की ६४ वर्षीया राधा अधिकारी, बकैया–५ का सन्तलाल माझी र सिन्धुली कमलामाई नगरपालिका–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको मृत्यु भएको थियो ।

मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राष्ट्रिय निकुञ्जबाट प्राप्त हुने १० लाख रुपैयाँ क्षतिपूर्ति रकम दिलाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

बैठकले प्रदेश सुशासन केन्द्रका निर्देशक बिमल पोखरेलको राजीनामा स्विकृत गरेको छ भने कृषि मन्त्रालय मार्फत् स्थानीय तहमा कार्यान्वयन हुने गरी विभिन्न शिर्षकमा ३ करोड रुपैयाँ बजेट पठाउने निर्णय भएको मन्त्री थपलियाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक