2026-09-26 08:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई

2026-06-16

काठमाडौँ | श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले बजेट कार्यान्वयनका लागि कानुन नै बाधक रहेको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले बजेट कार्यान्वयन हुने गरी कानुनी व्यवस्था गर्न सरकारलाई सुझाव दिएका हुन् ।

अध्यक्ष राईले सरकारले विनियोजन गरेको बजेटमा हिसाब नै नमिलेको त्रुटि समेत आफूले फेला पारेको बताए । विगतमा जस्तै बजेट कार्यान्वयन नहुने अवस्थाको सरकारले अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष राईले भने, ‘हामीले बजेट बनाउँछौँ । तर, ठेक्कापट्टा र वनको कानुन लगायतका कारणले गर्दा त्यसको कार्यान्वयनका लागि धेरै समय लाग्छ । मैले कानुनमन्त्रीलाई पनि भेटेर सल्लाह दिएको थिएँ– यो सरकारले बजेट कार्यान्वयन सहज बनाउनुपर्छ । त्यसका लागि आवश्यक कानुनी चिरफार गर्नुपर्छ । अन्यथा हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ । अनि असारमा बाटो बनाएर हिँड्नुपर्ने हुन्छ ।’

अध्यक्ष राईले बजेट बनाउने तर खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्ने कुरामा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह