२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएई प्रस्थान गरे सन्दीप लामिछाने, भोलि युएईविरुद्धको खेलमा मौसमलाई रिप्लेस गर्ने

२०७९, १७ फाल्गुन बुधबार ११:०६

फागुन १७, काठमाडौँ | नेपाली राष्ट्रिय टिमका लेगस्पिनर सन्दीप लामिछानेले बिहीबार घरेलु टोली युएईविरुद्धको खेल खेल्ने भएका छन्। नेपाल क्रिकेटसंघ क्यानका अनुसार सन्दीपले अभ्यासका क्रममा घाइते भएका मौसम ढकालको स्थानमा प्रतिस्पर्धा गर्ने छन्। अभ्यासका दौरान मौसमले पाखुरामा चोट बोक्न पुगेको भन्दै उनलाई रिप्लेस गर्ने क्यानले जनाएको छ।

क्यानका म्यानेजर विनोद दासका अनुसार मौसम नेट प्राक्टिसका क्रममा पाखुरामा चोट बोक्न पुगेका थिए। नजिकैको अस्पतालमा उनको चेकजाँच भएको र अस्पतालले रिपोर्ट दिएपछि उक्त रिपोर्ट आईसीसीलाई पठाएको थियो। दासले भने, ‘उनी इन्जुरी भएको रिपोर्ट आईसीसीलाई पठाएका थियौं जुन रिपोर्टका आधारमा आईसीसीले खेलाडी परिवर्तनको अनुमती दिएको हो।’ दासका अनुसार अब टिमले चाहेमा उनलाई टिममा राख्न्न सक्ने छ।

बलत्कार आरोप लागेका पूर्व कप्तान सन्दीपलाई थुनामुक्त गर्ने क्रममा पाटन उच्च अदालतले विदेश जान रोक लगाएको थियो। तर सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेसँगै क्रिकेटर लामिछाने आज दिउँसो ३ बजे फ्लाइ दुबइ मार्फत यूएई प्रस्थान गरिसकेका छन।

विश्वकप लिग–२ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपालले आफ्नो पहिलो खेल खेलिसकेको छ। बिहीबार दोस्रो खेलमा सन्दीपले मौसम ढकालको स्थानमा मैदान प्रवेश गर्ने पक्का भएको हो।

विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन्। तर सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको थियो। उनले युएई प्रस्थान गर्नुअघि आफ्ना कानुनव्यवसायिसँग परामर्श गरेका थिए। सन्दीपलाई भेटेर अदालतको आदेश र युएईमा पालना गर्नु पर्ने नियमका बारेमा जानकारी गराएको थिए।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ