2026-07-26 11:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकप क्रिकेट लिग-२: युएईले ३० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनायो

फागुन १८, काठमाडौँ | विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईले नेपालविरुद्ध सम्हालिएर खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले ३० ओभरमा ३ विकेट गुमाएर १०४ रन बनाएर खेलिरहेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा करण केसीले नेपाललाई पहिलो ओभरमा नै सफलता दिलाएका थिए। उनले ओपनर मुहम्मद वासीमलाई शून्य रनमा आउट गर्दा भृतीया अर्विन्द पनि १८ रनको अवस्थामा सन्दीप लामिछानेको बलमा आउट भए।

तेस्रो विकेटका रूपमा कुशल मल्लले कप्तान चुन्डनगापोयी रिजवानलाई २२ रनमा आउट गरेका थिए। अहिले क्रिजमा असिफ खान अर्धशतक नजिक रहँदा उनलाई रोहन मुस्तापाले साथ दिइरहेका छन्।

नेपाल पछिल्ला ५ खेलमा अपराजित रहँदा युएई भने अघिल्लो खेलमा पपुवा न्युगिनीसँग पराजित भएको थियो। जारी सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो।

नेपाल विरुद्ध युएईको इतिहास बलियो रहे पनि नेपाल पछिल्लो समय राम्रो लयमा रहेको छ। लगातार पाँच एकदिवसीय अन्तर्राष्ट्रियमा अपराजित रहेको नेपाल जितलाई निरन्तरता दिन चाहान्छ।

पिएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण युएईमा सारिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली