फागुन १८, काठमाडौँ | विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी त्रिकोणात्मक सिरिजमा घरेलु टोली युएईले नेपालविरुद्ध सम्हालिएर खेलिरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४५ औं ओभरमा ५ विकेट गुमाएर १७२ रन बनाएर खेलिरहेको छ।
आरिफले ३७ औं ओभरको चौथो बलमा अलिशान सर्फुलाई २ रनमा बोल्ड आउट गराएका हुन् ।
यसअघि नेपालका लागि सन्दीप लामिछानेले ३६ औं ओभरको तेस्रो बलमा आसिफ खानलाई ७२ रनमा क्याच आउट गराएका थिए । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि आरिफ शेखले पाचौँ विकेट लिएका हुन् ।