फागुन १८, काठमाडौँ | आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले नेपाललाई २ सय ८ रनकाे लक्ष्य दिएकाे छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे यूएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७ रन बनायाे । यूएईका लागि आसिफ खानले ७२ र राेहन मुस्तफाले ५२ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । सन्दीपले १० ओभरमा २७ रन दिँदै ३ विकेट लिएका हुन् । साथै करण केसी, आरिफ शेख र कुशल मल्लले एक/एक विकेट लिए । यूएईका दुई ब्याट्सम्यान रनआउट भए ।
लीगको शीर्ष ३ मा पर्ने सम्भावना जीवित राख्न दुवै टोलीलाई यो खेल जित्नैपर्ने दबाब छ ।
जारी सिरिजमा नेपालले पहिलो खेलमा पीएनजीविरुद्ध जीत दर्ता गरेको थियो भने यूएई पराजित भएको थियो ।