फागुन १९, काठमाडौं | युएईमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनीसँग खेल्दैछ ।
खेल दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार बिहान पौने १२ बजे सुरु हुनेछ ।
बिहीबार युएईसँग भएको खेलमा ६८ रनले पराजित भएपछि लगातार पाँच खेलको जित शृखंलामा ब्रेक लागेको नेपाल पपुवा न्युगिनीविरुद्धको खेलमा पुनरागमन गर्दै जित निकाल्ने लक्ष्यमा छ ।
नेपालले शृखंलाको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा ब्याटिङ नचल्दा नेपाल युएईविरुद्ध १३९ रनमै अलआउट भइ पराजित भएको थियो । पपुवा न्युगिनीले भने नेपालसँग हारेपछि युएईलाई पराजित गरेको थियो ।
हाल सम्म नेपाल र पपुवा न्युगिनीबीच ७ ओडिआई खेल भएको छ जसमा नेपालले ५ खेल जितेको छ भने २ खेल मात्र हरेको छ |